विमान सेवा कम्पनीहरूको मूल्य करिब ५३ अर्ब डलरले घट्यो

२०८२ चैत्र ०८ आईतवार
सारांश
  • इरानसँगको युद्धपछि विश्वका ठूला विमान सेवा कम्पनीहरूलाई ठूलो आर्थिक क्षति पुगेको छ ।

काठमाण्डौ, ०८ चैत्र । इरानसँगको युद्धपछि विश्वका ठूला विमान सेवा कम्पनीहरूलाई ठूलो आर्थिक क्षति पुगेको छ ।

 

एक अध्ययन अनुसार २० प्रमुख सूचीकृत विमान सेवा कम्पनीहरूको कुल मूल्य करिब ५३ अर्ब डलरले घटेको छ ।

 

युद्धका कारण मध्यपूर्वका धेरै देशमा व्यावसायिक उडानहरू बन्द गर्नुपरेको छ, जसले कम्पनीहरूको आम्दानीमा सीधा असर पारेको छ ।

 

यस्तै, विमान इन्धनको मूल्य पनि तीव्र रूपमा बढेको छ । विमान सेवाको कुल खर्चको ठूलो हिस्सा ओगट्ने इन्धनको मूल्य युद्ध सुरु भएपछि दोब्बर भएको जनाइएको छ ।

 

इन्धन महँगो भएसँगै आगामी दिनमा हवाई टिकटको भाडा बढ्ने सम्भावना समेत देखिएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार