होर्मुज पुनः सञ्चालनमा ल्याउन राष्ट्रसंघ सहयोग गर्न तयार

२०८२ चैत्र ७ शनिवार
सारांश
  • संयुक्त राष्ट्रसंघले होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउन सहयोग गर्न तयार रहेको जनाएको छ ।

काठमाण्डौ, ०७ चैत्र । संयुक्त राष्ट्रसंघले होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउन सहयोग गर्न तयार रहेको जनाएको छ ।

 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यसअघि पनि यस्तै पहल गरेको उल्लेख गर्दै सन् २०२२ मा रूस र युक्रेनबीच कालोसागरमार्फत अन्न र मल सुरक्षित ढुवानी गराउन संयुक्त राष्ट्रसंघले महत्वपूर्ण भूमिका खेलेको स्मरण गराएका छन् ।

 

गुटेरेसका अनुसार अहिले पनि होर्मुज क्षेत्रमा पहिले जस्तै अवस्था फर्काउन सकिन्छ कि भन्ने विषयमा खाडी देशहरू र युरोपेली परिषद्सँग निरन्तर छलफल भइरहेको छ ।

 

यसैबीच गुटेरेसले ट्रम्पद्वारा अघि बढाइएको ‘शान्ति बोर्ड’ पहलप्रति असन्तुष्टि जनाएका छन् । उनले उक्त पहल एक किसिमले ट्रम्पको व्यक्तिगत परियोजना जस्तो बनेको भन्दै यसले जटिल अन्तर्राष्ट्रिय समस्या समाधान गर्न प्रभावकारी नहुने बताएका छन् ।

 

उनले शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रका मूल्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । यद्यपि गाजा पुनर्निर्माणलगायतका विषयमा संयुक्त राष्ट्रसंघ उक्त संरचनासँग सहकार्य गरिरहेको उनले बताएका छन् ।

 

गुटेरेसले इरानमाथि भएका अमेरिकी र इजरायली हमलापछि ट्रम्पसँग आफूले कुनै कुराकानी नगरेको पनि स्पष्ट पारे ।

उता दक्षिण कोरियाले होर्मुज जलडमरूमध्यमा सुरक्षा पुनःस्थापना गर्न युरोपेली देश र जापानसँग मिलेर पहल गर्ने घोषणा गरेको छ । यस कदमले विश्व ऊर्जा बजार स्थिर राख्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

 

दक्षिण कोरियाले अन्तर्राष्ट्रिय समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्न र आफ्ना ऊर्जा आपूर्ति तथा अर्थतन्त्रमा पर्न सक्ने असर कम गर्न यस्तो निर्णय लिएको जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार