इरानको निशानामा अमेरिकी एफ–३५ लडाकु विमान सुरक्षित रहेको अमेरिकाको दाबी
६ चैत्र, २०८२, शुक्रवार
- एफ-३५ विश्वकै महँगा लडाकु विमानमध्ये एक मानिन्छ, जसको मूल्य १० करोड अमेरिकी डलरभन्दा बढी पर्छ । इरानको दाबी पूर्ण रूपमा सही ठहरिएमा यो द्वन्द्वको ठूलो सैन्य उपलब्धि हुने मानिएको छ । इरानले यसअघि अमेरिका र इजरायलका १२५ भन्दा बढी ड्रोन खसालेको पनि दाबी गरेको छ ।
काठमाडौँ । पश्चिम एसियामा जारी तनावबीच इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले इरानको आकाशमा अमेरिकी एफ–३५ स्टेल्थ लडाकु विमानलाई निशाना बनाएको दाबी गरेको छ । इरानले सो विमान दुर्घटनामा परेको सम्भावना उच्च रहेको जनाएको छ ।
यता अमेरिकी सञ्चार माध्यम सीएनएनका अनुसार इरानी क्षेप्यास्त्र आक्रमणपछि एउटा एफ-३५ विमानले आकस्मिक अवतरण गर्नुपरेको अमेरिकी रक्षा अधिकारीहरूले बताएका छन् । अमेरिकी सेनाको केन्द्रीय कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले विमान इरानमाथि एक अभियानमा रहेको पुष्टि गर्दै सुरक्षित अवतरण भएको र चालकको अवस्था सामान्य रहेको जानकारी दिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
एफ-३५ विश्वकै महँगा लडाकु विमानमध्ये एक मानिन्छ, जसको मूल्य १० करोड अमेरिकी डलरभन्दा बढी पर्छ । इरानको दाबी पूर्ण रूपमा सही ठहरिएमा यो द्वन्द्वको ठूलो सैन्य उपलब्धि हुने मानिएको छ । इरानले यसअघि अमेरिका र इजरायलका १२५ भन्दा बढी ड्रोन खसालेको पनि दाबी गरेको छ ।
यसैबीच युद्धका क्रममा अमेरिकी सेनाले अन्य क्षति पनि व्यहोरेको बताइएको छ । रिपोर्टअनुसार कुवेतको हवाई रक्षा प्रणालीले गल्तीवश अमेरिकाका तीन एफ-१५ इगल विमान खसालेको जनाइएको छ । ती विमानमा रहेका सबै छ चालक सदस्य भने सुरक्षित रहेको बताइएको छ ।
त्यसैगरी गत साता इराकमा अमेरिकाको केसी-१३५ स्ट्र्याटोट्यांकर विमान दुर्घटनामा परेको थियो, जसमा सवार सबै छ जनाको मृत्यु भएको थियो । अमेरिकी सेनाले उक्त दुर्घटना शत्रुको आक्रमणका कारण नभएको स्पष्ट पारेको छ ।
यी घटनाबीच पनि अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिका निर्णायक रूपमा अघि बढिरहेको दाबी गरेका छन् । उनले इरानको हवाई रक्षा प्रणाली लगभग ध्वस्त भइसकेको बताएका छन् । यसै क्रममा अमेरिकाले क्षेत्रमा आफ्नो उपस्थिती बलियो बनाउन ओकिनावाबाट मरीन बल र त्रिपोली समूह तैनाथ गर्ने निर्णय गरेको जनाइएको छ । अमेरिकी युद्धपोत युएसएस त्रिपोली हालै सिंगापुर नजिक देखिएको पनि रिपोर्टमा उल्लेख छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’