इरानका गुप्तचर मन्त्रीको मृत्यु भएको पुष्टि

२०८२ चैत्र ०५ विहीवार
सारांश
  • इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु भएको पुष्टि भएको छ ।

एजेन्सी, ०५ चैत्र । इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु भएको पुष्टि भएको छ ।

 

राष्ट्रपति मसूद पजश्कियानले शोक व्यक्त गर्दै खातिबसहित वरिष्ठ नेता अली लारिजानी र रक्षामन्त्री अजीज नासिरजादेहको हत्या भएको बताएका छन् । साथै उनीहरूसँगै रहेका परिवारका सदस्य र अन्य व्यक्तिको मृत्युले देश शोकमा डुबेको उल्लेख गरेका छन् ।

 

यसअघि इजरायलले हवाई आक्रमणमा खातिब मारिएको दाबी गरेको थियो । इजरायली सेनाका अनुसार तेहरानमा लक्षित आक्रमण गरी उनलाई निशाना बनाइएको थियो ।

 

इजरायलले खातिब नेतृत्वको गुप्तचर मन्त्रालयले सरकारका दमनकारी गतिविधिमा भूमिका खेलेको आरोप लगाएको छ । हालका प्रदर्शनहरू दबाउन र प्रदर्शनकारीलाई पक्राउ तथा हत्या गर्न उनी संलग्न रहेको दाबी पनि गरिएको छ ।

 

इजरायलका रक्षामन्त्रीले पनि खातिब मारिएको पुष्टि गर्दै पछिल्लो आक्रमणलाई इरानका उच्च तह अधिकारीविरुद्धको कारबाहीको निरन्तरता बताएका छन् । यसले इरानको सुरक्षा संयन्त्रमा ठूलो असर परेको दाबी गरिएको छ ।

 

इस्माइल खातिब सन् १९६१ मा जन्मिएका थिए । उनले धार्मिक शिक्षासँगै सुरक्षासम्बन्धी क्षेत्रमा लामो समय काम गरेका थिए । इरान-इराक युद्धका क्रममा उनले गुप्तचर क्षेत्रमा भूमिका सुरु गरेका थिए र क्रमशः उच्च पदसम्म पुगेका थिए ।

 

उनी सन् २०२१ मा गुप्तचर मन्त्री नियुक्त भएका थिए । पछि सन् २०२२ मा अमेरिकाले साइबर गतिविधिमा संलग्न रहेको आरोपमा उनीमाथि प्रतिबन्ध समेत लगाएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार