अमेरिकाले इरानमाथि शक्तिशाली ‘बंकर बस्टर’ बम प्रयोग गरेको दाबि

२०८२ चैत्र ०४ बुधवार
सारांश
  • यसलाई लडाकु तथा बमवर्षक दुवै प्रकारका विमानबाट प्रहार गर्न सकिन्छ ।

काठमाडौँ: अमेरिकाले इरानमाथि शक्तिशाली ‘बंकर बस्टर’ बम प्रयोग गरेको छ । करिब ५ हजार पाउण्ड अर्थात् झण्डै २ हजार २७० किलो तौलका यी बम गहिराइमा रहेका लक्ष्य नष्ट गर्न प्रयोग गरिन्छन् ।

 

अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार होर्मुज जलडमरू नजिक इरानका क्षेप्यास्त्र आधारस्थलमा यस्तो बम प्रयोग गरिएको हो ।

 

यस प्रकारका आक्रमणमा सामान्यतया दुई प्रकारका बम प्रयोग हुने गर्छन् । एक लेजरमार्फत निर्देशित बम र अर्को नयाँ प्रविधिको उन्नत बंकर भेदी बम हो । नयाँ प्रविधिको बम प्रयोग भएको सम्भावना बढी रहेको जनाइएको छ । उक्त बम पहिलो पटक सन् २०२१ मा परीक्षण गरिएको थियो । यो अत्याधुनिक प्रविधिमा आधारित बम हो, जसलाई उपग्रह र आन्तरिक नेभिगेशन प्रणालीको सहायताले लक्ष्यसम्म पुर्‍याइन्छ ।

 

अमेरिकी वायुसेनाका अनुसार यस्तो बम विशेष गरी जमिनमुनि गहिराइमा बनेका बलिया संरचना ध्वस्त पार्न बनाइएको हो । यसलाई लडाकु तथा बमवर्षक दुवै प्रकारका विमानबाट प्रहार गर्न सकिन्छ ।

 

यस घटनाले इरानले आफ्ना महत्वपूर्ण सैन्य संरचना जमिनमुनि लुकाएर राखेको हुन सक्ने अनुमानलाई बल दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार