३२ लाख इरानीले छोडे देश

२८ फाल्गुन, २०८२, बिहिवार
सारांश
  • एजेन्सीका अनुसार यो तथ्यांक देशभर विस्थापित भएका परिवारहरूको प्रारम्भिक मूल्याङ्कनका आधारमा तयार गरिएको हो । युद्ध जारी रहेमा विस्थापित हुनेहरूको संख्या अझ बढ्न सक्ने र त्यसले मानवीय संकट झन गहिरिन सक्ने चेतावनी पनि दिइएको छ ।

काठमाडौँ: अमेरिका र इजरायलसँग जारी युद्धका कारण इरानभित्र करिब ३२ लाख मानिस घर छोड्न बाध्य भएका छन्।

 

संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायले सार्वजनिक गरेको जानकारी अनुसार युद्धका कारण ठूलो संख्यामा नागरिक आफ्नै देशभित्र विस्थापित भएका हुन् ।

 

एजेन्सीका अनुसार यो तथ्यांक देशभर विस्थापित भएका परिवारहरूको प्रारम्भिक मूल्याङ्कनका आधारमा तयार गरिएको हो । युद्ध जारी रहेमा विस्थापित हुनेहरूको संख्या अझ बढ्न सक्ने र त्यसले मानवीय संकट झन गहिरिन सक्ने चेतावनी पनि दिइएको छ ।

 

गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि त्यहाँ युद्धको अवस्था जारी छ। त्यसपछि लाखौँ मानिस आफ्नो घर छोडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएका बताइएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार