रुसले इरानलाई सहयोग गरिरहेको जेलेन्स्कीको दाबी

२०८२ फागुन २७ बुधवार
सारांश
  • युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ईरानलाई सहयोग गर्न थालेको दाबी गरेका छन् ।

एजेन्सी, २७ फाल्गुण । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ईरानलाई सहयोग गर्न थालेको दाबी गरेका छन् ।

 

जेलेन्स्कीका अनुसार रुसले अहिले ईरानलाई ड्रोन प्रविधिसम्बन्धी सहयोग उपलब्ध गराइरहेको छ । उनले आगामी दिनमा रुसले मिसाइल तथा हवाई रक्षा प्रणालीमा पनि ईरानलाई सहयोग गर्न सक्ने सम्भावना रहेको बताएका छन् ।

 

उनले अवस्था यस्तै रहेमा रुसले ईरानमा आफ्ना सैनिकसमेत पठाउन सक्ने चेतावनी दिएका छन् । उदाहरण दिँदै जेलेन्स्कीले उत्तर कोरियाले रुसलाई सहयोग गर्न करिब १० हजार सैनिक पठाएको उल्लेख गर्दै त्यसैगरी रुसले पनि ईरानको पक्षमा सैनिक पठाउन सक्ने बताएका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार