होर्मुज जलडमरूमध्यमा थाइल्याण्डको कार्गो जहाजमाथि आक्रमण
२७ फाल्गुन, २०८२, बुधवार
- ओमान नजिकै यात्रा गरिरहेको उक्त जहाजलाई प्रोजेक्टाइल प्रहार गरी निशाना बनाइएको बताइएको छ । आक्रमणपछि थाइल्याण्डको नौसेनाले उद्धार अभियान सुरु गरेको जनाएको छ ।
काठमाडौँ: मध्यपूर्वमा जारी युद्धका बीच होर्मुज जलडमरूमध्यमा थाइल्याण्डको एक कार्गो जहाजमाथि आक्रमण भएको छ ।
ओमान नजिकै यात्रा गरिरहेको उक्त जहाजलाई प्रोजेक्टाइल प्रहार गरी निशाना बनाइएको बताइएको छ । आक्रमणपछि थाइल्याण्डको नौसेनाले उद्धार अभियान सुरु गरेको जनाएको छ ।
अधिकारीहरूका अनुसार थाइल्याण्डको झण्डा बोकेको बल्क क्यारियर 'मयुरी नारी' ओमानको उत्तरतर्फ करिब ११ नटिकल माइल अर्थात् झण्डै १८ किलोमिटर दूरीमा यात्रा गरिरहेका बेला आक्रमणमा परेको हो ।
थाइल्याण्डका सञ्चार माध्यमका अनुसार जहाजमा रहेका २० जना चालक दलका सदस्यलाई सुरक्षित रूपमा उद्धार गरिएको छ । यद्यपि तीन जना अझै जहाजमै रहेको बताइएको छ ।
रोयल थाइ नौसेनाले अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गरेर जहाज र चालक दलको सुरक्षाका लागि आवश्यक सहयोग गरिरहेको जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’