- हाल ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब ९२ दशमलव ६९ डलर पुगेको छ। यो सन् २०२४ को अप्रिलपछि सबैभन्दा उच्च स्तर मानिएको छ ।
एजेन्सी, २४ फाल्गुण । मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । अमेरिका, इजरायल र इरानबीचको संघर्षका कारण एक सातामै कच्चा तेलको मूल्य करिब २७ प्रतिशतले बढेको हो ।
हाल ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब ९२ दशमलव ६९ डलर पुगेको छ। यो सन् २०२४ को अप्रिलपछि सबैभन्दा उच्च स्तर मानिएको छ ।
गत फेब्रुअरी २८ मा संघर्ष सुरु हुँदा कच्चा तेलको मूल्य करिब ७२ दशमलव ८७ डलर प्रति ब्यारेल थियो । त्यसयता करिब आठ दिनमै मूल्य झण्डै २० डलरले बढेको अन्तर्राष्ट्रिय बजारको तथ्यांकले देखाएको छ ।
मध्यपूर्वमा बढेको तनावका कारण होर्मुज मार्गबाट हुने कच्चा तेलको आपूर्ति प्रभावित भएको छ। यो समुद्री मार्गबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल आपूर्ति हुने गर्छ । जहाजको आवतजावत प्रभावित भएपछि तेल आपूर्ति अवरुद्ध हुन थालेको र त्यसैका कारण मूल्य लगातार बढिरहेको विश्लेषकहरू बताउछन् । भारतसहित धेरै एसियाली देशहरूले यही मार्गबाट ठूलो मात्रामा तेल आयात गर्ने भएकाले उनीहरूमा पनि प्रभाव परेको छ । विश्वमा आपूर्ति हुने तरलीकृत प्राकृतिक ग्यासको ठूलो हिस्सा पनि यही मार्गबाट ढुवानी हुन्छ ।
दुई सयभन्दा बढी जहाज फसे
होर्मुज मार्ग प्रभावित भएपछि फारसको खाडी क्षेत्रमा विभिन्न देशका २०० भन्दा बढी जहाज फसेका छन् भने १५० भन्दा बढी जहाज बाहिरै पर्खिरहेका छन् । यस क्षेत्रमा भारतका करिब ३८ जहाज पनि रोकिएका बताइएको छ । तीमध्ये रुसबाट भारततर्फ आइरहेका कच्चा तेल बोकेका ट्यांकर पनि छन् । बिमा र जहाज कम्पनीहरूले जोखिमको पुनः मूल्याङ्कन गर्न थालेपछि ढुवानीमा थप ढिलाइ हुने सम्भावना पनि देखिएको छ ।
विश्व अर्थतन्त्रमा असर
तेलको मूल्य बढेसँगै विश्व बजारमा ढुवानी खर्च ३० देखि ४० प्रतिशतसम्म बढेको छ । यसले अमेरिका र युरोपमा महँगी बढ्ने चिन्ता पनि बढाएको छ । चीन, जापान र दक्षिण कोरियाजस्ता देश ऊर्जा आवश्यकताका लागि खाडी क्षेत्रका देशमा ठूलो मात्रामा निर्भर छन् । आपूर्ति अवरुद्ध भएमा ती देशका उद्योग र विद्युत उत्पादनमा समस्या आउन सक्ने अनुमान गरिएको छ । भारतले आफ्नो आवश्यकताको करिब ८५ प्रतिशत कच्चा तेल आयात गर्ने भएकाले तेल महँगिँदा आयात खर्च बढ्ने र त्यसले अर्थतन्त्रमा दबाब बढ्ने सम्भावना रहेको विश्लेषण गरिएको छ ।
संकट लम्बिए तेल अझ महँगिने सम्भावना
विशेषज्ञहरूका अनुसार वर्तमान तनाव कम नभए कच्चा तेलको मूल्य अझै बढ्न सक्छ । होर्मुज मार्ग लामो समयसम्म अवरुद्ध भए कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० देखि १२० डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ । तेल महँगिँदा ढुवानी, मल, प्लास्टिकलगायत वस्तुको मूल्य बढ्ने र त्यसको प्रभाव दैनिक उपभोगका वस्तुमा पनि पर्ने विश्लेषकहरूको भनाइ छ। साथै भविष्यमा यस्ता संकटबाट बच्न धेरै देशहरूले वैकल्पिक ऊर्जा स्रोततर्फ ध्यान बढाउने सम्भावना पनि औंल्याइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’