बालिका विद्यालयमा भएको आक्रमणका लागि इरान स्वयं जिम्मेवार- ट्रम्प
२०८२ फाल्गुण २४ आइतवार
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी इरानस्थित एक बालिका विद्यालयमा भएको आक्रमणका लागि इरान स्वयं जिम्मेवार हुन सक्ने बताएका छन् ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी इरानस्थित एक बालिका विद्यालयमा भएको आक्रमणका लागि इरान स्वयं जिम्मेवार हुन सक्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपतिको विशेष विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले देखेका विवरणका आधारमा उक्त आक्रमण इरानकै कारण भएको हुन सक्ने दाबी गरेका हुन् । इरानी अधिकारीहरूका अनुसार उक्त घटनामा १६० भन्दा बढी मानिसको ज्यान गएको छ । यद्यपि उक्त मृतक संख्या स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।
पत्रकारहरूले उक्त आक्रमण अमेरिकी सेनाले गरेको हो कि भन्ने प्रश्न सोध्दा ट्रम्पले त्यसलाई अस्वीकार गरेका थिए । उनले इरानले प्रयोग गर्ने हतियार धेरैजसो लक्ष्यमा ठ्याक्कै नलाग्ने भएकाले त्यही कारणले यस्तो घटना भएको हुन सक्ने बताएका छन् । यस विषयमा अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले पनि घटना सम्बन्धी अनुसन्धान भइरहेको जानकारी दिएका छन् । उनले सर्वसाधारण नागरिकलाई लक्षित गर्ने कार्य इरानले मात्र गर्ने आरोप लगाएका छन् ।
यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि अमेरिकाले जानाजानी कुनै विद्यालयलाई निशाना नबनाउने बताएका थिए । उनका अनुसार अमेरिकी सेनाको सर्वसाधारण नागरिकको पूर्वाधारमा आक्रमण गर्ने कुनै उद्देश्य हुँदैन ।
उक्त विद्यालय मिनाब शहरमा रहेको बताइएको छ। अमेरिका र इस्राइलले ईरानका सैनिक अड्डा र नेतृत्वलाई लक्षित गरी व्यापक आक्रमण गरिरहेका बेला सो क्षेत्रमा पनि आक्रमण भएको थियो ।
तर इरानले भने उक्त आक्रमणका लागि अमेरिका र इजरायललाई जिम्मेवार ठहर गरेको छ । इजरायलले भने सो क्षेत्रमा आफ्नो सेनाको कुनै कारबाही भएको जानकारी नभएको बताउँदै घटनाबारे छानबिन भइरहेको जनाएको छ ।
उपग्रहबाट प्राप्त तस्बिरहरूको विश्लेषणले विद्यालय परिसरमा धेरै स्थानमा आक्रमण भएको र आगो लागेको चिन्ह देखिएको जनाइएको छ । यद्यपि आक्रमणमा प्रयोग भएका हतियारका अवशेषबारे स्पष्ट प्रमाण नपाइएकाले यसको जिम्मेवारी कसको हो भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।