- चीनका विदेशमन्त्री वाङ यीले अमेरिका र इजरायललाई इरानविरुद्ध चलाइरहेको सैनिक अभियान तत्काल रोक्न आग्रह गरेका छन् ।
काठमाडौँ । चीनका विदेशमन्त्री वाङ यीले अमेरिका र इजरायललाई इरानविरुद्ध चलाइरहेको सैनिक अभियान तत्काल रोक्न आग्रह गरेका छन् । उनले यस्तो युद्ध कहिल्यै हुन नहुने भन्दै सम्बन्धित पक्षलाई तत्काल संघर्ष अन्त्य गरेर वार्ताको बाटोमा फर्किन अपिल गरेका हुन् ।
बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वाङ यीले बल प्रयोग गरेर अहिलेको संकट समाधान हुन नसक्ने बताएका छन् । उनका अनुसार कुनै पनि समस्या केवल सैनिक कारबाहीबाट समाधान हुन सक्दैन ।
उनले विश्व फेरि 'जंगलको कानुन' तर्फ फर्किन नहुने चेतावनी पनि दिएका छन् । साथै, ईरानमा सरकार परिवर्तनको मागलाई त्यहाँका जनताबाट व्यापक समर्थन प्राप्त भएको जस्तो आफूलाई नलागेको पनि उनले बताएका छन् ।
चीनले आफ्नो धारणा दोहोर्याउँदै अहिलेको संकटको समाधान युद्धबाट होइन, कूटनीतिक वार्तामार्फत निकाल्नुपर्नेमा जोड दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’