पश्चिम एसियामा जारी युद्ध भयावह बन्दै, इरानमा अहिलेसम्म १३३२ जनाको मृत्यु
२०८२ फाल्गुण २३ शनिवार
- क्षेप्यास्त्र र मानवविहीन विमानको गर्जनबीच यो युद्ध आठौँ दिनमा प्रवेश गर्दा सम्पूर्ण क्षेत्रमा तनाव चरम अवस्थामा पुगेको छ ।
काठमाण्डौ, २३ फाल्गुण । पश्चिम एसियामा जारी युद्ध दिनप्रतिदिन थप भयावह बन्दै गएको छ । अमेरिका र इजरायलका तीव्र आक्रमणबीच इरानले पनि शक्तिशाली प्रत्याक्रमण गरिरहेको छ । क्षेप्यास्त्र र मानवविहीन विमानको गर्जनबीच यो युद्ध आठौँ दिनमा प्रवेश गर्दा सम्पूर्ण क्षेत्रमा तनाव चरम अवस्थामा पुगेको छ ।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धारणा र खाडी क्षेत्रका देशहरूमा बढ्दो तनावका कारण विश्व राजनीति थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ ।
युद्धका क्रममा ईरानमा ठूलो मानवीय क्षति भएको जनाइएको छ । ईरानी रेड क्रिसेन्टका अनुसार अघिल्लो शनिबारदेखि हालसम्म अमेरिका र इस्राइलका आक्रमणमा कम्तीमा एक हजार ३३२ जनाको ज्यान गएको छ।
ईरानको इस्लामिक क्रान्तिकारी गार्डले आक्रमणको तेइसौँ चरण सुरु गरिएको घोषणा गरेको छ । यता इजरायली सेनाले आज मात्रै चार सयभन्दा बढी स्थानमा आक्रमण गरिएको जनाएको छ । ती आक्रमणमा क्षेप्यास्त्र प्रक्षेपण स्थल र मानवविहीन विमान भण्डारण स्थलहरू पनि परेको बताइएको छ । इजरायलले आफ्नो प्रतिरक्षा प्रणालीले ईरानबाट प्रहार गरिएका धेरै क्षेप्यास्त्र रोक्न सफल भएको दाबी गरेको छ।
यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले ईरानसँग हुने कुनै पनि सम्झौतामा बिना सर्त आत्मसमर्पण हुनुपर्ने बताएका छन् । त्यस्तै अमेरिकी राष्ट्रपतिको कार्यालयकी प्रवक्ता क्यारोलिन लिभिटले अमेरिकाले केही साताभित्र ईरानी आकाशीय क्षेत्र नियन्त्रणमा लिन सक्ने योजना बनाएको जानकारी दिएकी छन् ।
ऊर्जा बजारमा पनि युद्धको असर देखिन थालेको छ। कतारका ऊर्जा मन्त्री साद अल काबीले यो युद्धले विश्व अर्थतन्त्रलाई ठूलो झट्का दिन सक्ने र खाडी क्षेत्रको ऊर्जा उत्पादनसमेत प्रभावित हुन सक्ने चेतावनी दिएका छन् ।
युद्धका कारण मानवीय संकट पनि गहिरिँदै गएको छ। नर्वे शरणार्थी परिषद्का अनुसार पछिल्लो एक सय घण्टामा करिब तीन लाख मानिस लेबनानमा विस्थापित भएका छन् ।
यसैबीच हिज्बुल्लाहले उत्तरी इजरायलका दुई स्थानमा रकेट प्रहार गरेको जनाएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारयता आक्रमणका कारण २१७ जनाको ज्यान गएको छ भने ७९८ जना घाइते भएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।