इरानले नयाँ सर्वोच्च नेता चयन गर्दा अमेरिकाको भूमिका आवश्यक छ- ट्रम्प
२०८२ फाल्गुण २२ शुक्रवार
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानले नयाँ सर्वोच्च नेता चयन गर्दा अमेरिकाको भूमिका आवश्यक हुने बताएका छन् । उनले अमेरिका सहभागी नभई यस्तो निर्णय गर्नु समयको बर्बादी मात्र हुने टिप्पणी गरेका छन् ।
एजेन्सी, २२ फाल्गुण । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानले नयाँ सर्वोच्च नेता चयन गर्दा अमेरिकाको भूमिका आवश्यक हुने बताएका छन् । उनले अमेरिका सहभागी नभई यस्तो निर्णय गर्नु समयको बर्बादी मात्र हुने टिप्पणी गरेका छन् ।
समाचार संस्था एक्सिओसलाई दिएको अन्तर्वार्तामा ट्रम्पले ईरानले अमेरिका समावेश नगरी नयाँ सर्वोच्च नेता चयन गरे त्यसको कुनै अर्थ नहुने बताएका हुन् । उनले हालका सर्वोच्च नेता आयोतुल्लाह अली खामेनीका छोरा मोजताबा खामेनीलाई सम्भावित उत्तराधिकारीका रूपमा चर्चा गरिए पनि आफूले त्यसलाई स्वीकार नगर्ने बताएका छन् ।
ट्रम्पले नयाँ नेतृत्वले पनि पुरानै नीति निरन्तरता दिए आगामी वर्षहरूमा अमेरिका र ईरानबीच फेरि तनाव बढ्न सक्ने चेतावनी दिएका छन् । उनका अनुसार अमेरिकाले इरानमा शान्ति र स्थिरता ल्याउने नेतृत्व चाहेको स्पष्ट गरेका छन् ।
हाल मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच ट्रम्पको यो अभिव्यक्तिले अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा थप चासो बढाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।