खामेनीको स्थानमा आउने सर्वोच्च नेतालाई पनि निशाना बनाउछौं- इजरायली रक्षामन्त्री

२०८२ फाल्गुण २० बुधवार
सारांश
  • विश्लेषकहरूका अनुसार खमेनीको हत्या सैन्य कारबाहीका हिसाबले मात्र होइन, त्यसअघि गरिएको गोप्य सूचनाको तयारीका कारण पनि ठूलो सफलता मानिएको छ ।

काठमाडौँ: इजरायलले केही समयदेखि नै इरानका सर्वोच्च नेतालाई जहाँ लुकेका भए पनि निशाना बनाउने चेतावनी दिँदै आएको थियो । अहिले खामेनीलाई आक्रमण गरेपछि उनको स्थानमा आउने व्यक्तिलाई समेत लक्षित गर्ने बताएको छ ।

 

इजरायली रक्षा मन्त्री इजरेल काट्जले खामेनीको स्थान लिने जो कोहीलाई पनि निशाना बनाउने चेतावनी दिएका छन् । उनले भनेका छन्- 'इरानी आतंकवादी शासनद्वारा नियुक्त कुनै पनि नेता निर्मूलनको लागि स्पष्ट लक्ष्य हुनेछ, प्रधानमन्त्री र मैले सेनालाई अपरेशन 'लायन्स रोअर' को उद्देश्यको अभिन्न अंगको रूपमा मिसन पूरा गर्न आवश्यक सबै तरिकाले तयारी गर्न र कार्य गर्न निर्देशन दिएका छौं ।'

 

विश्लेषकहरूका अनुसार खमेनीको हत्या सैन्य कारबाहीका हिसाबले मात्र होइन, त्यसअघि गरिएको गोप्य सूचनाको तयारीका कारण पनि ठूलो सफलता मानिएको छ ।

 

यसअघि गाजामा हमास नेतृत्वलाई खोजी खोजी निशाना बनाउने रणनीति अपनाइएको थियो । लेबनानमा पनि यस्तै कदम चालिएको उदाहरण देखिएको छ । विश्लेषकहरूका अनुसार धम्की दिने र आवश्यक परे कार्यान्वयन गर्ने नीति इजरायलको रणनीतिक अभ्यासको एक हिस्सा बनेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार