- कतारले इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) सँग सम्बन्धित १० जना संदिग्ध जासुसलाई पक्राउ गरेको जनाएको छ ।
काठमाण्डौ, २० फाल्गुण । कतारले इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) सँग सम्बन्धित १० जना संदिग्ध जासुसलाई पक्राउ गरेको जनाएको छ ।
कतारको सरकारी समाचार संस्थाका अनुसार बुधबार बिहानै सुरक्षा निकायले आईआरजीसीका लागि काम गरिरहेका दुई समूहलाई सफलतापूर्वक नियन्त्रणमा लिएको हो । पक्राउ परेकामध्ये सात जनालाई देशका महत्वपूर्ण र सैन्य पूर्वाधारसम्बन्धी सूचना संकलन गर्ने जिम्मेवारी दिइएको बताइएको छ ।
त्यस्तै, अन्य तीन जना संदिग्धलाई ड्रोन प्रयोगसम्बन्धी तालिम दिइएको आरोप लगाइएको छ ।
सरकारी समाचार संस्थाका अनुसार अनुसन्धानका क्रममा उनीहरूले आफूहरू इरानी रिभोल्युशनरी गार्डसँग सम्बन्धित रहेको स्वीकार गरेका छन् । साथै उनीहरूलाई जासुसी तथा विध्वंसात्मक गतिविधि सञ्चालन गर्ने जिम्मा दिइएको बयान दिएको जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’