इजरायल, अमेरिका र इरानबीच युद्ध जारी, अहिलेसम्म के के भयो ?

२०८२ फाल्गुण १८ सोमवार
सारांश
  • इजरायली सेनाले दिएको जानकारीअनुसार पहिलो ३० घण्टामै दुई हजारभन्दा बढी बम खसालिएका छन् । यस अवधिमा लडाकु विमानहरूले सात सयभन्दा बढी उडान भरेका थिए ।

एजेन्सी, १८ फाल्गुण । इजरायल, अमेरिका र इरानबीच सुरु भएको युद्ध आज तेस्रो दिनमा पुगेको छ । अहिलेसम्म इरानका करिब एक हजार स्थानमा आक्रमण भइसकेको छ । इजरायली सेनाले दिएको जानकारीअनुसार पहिलो ३० घण्टामै दुई हजारभन्दा बढी बम खसालिएका छन् । यस अवधिमा लडाकु विमानहरूले सात सयभन्दा बढी उडान भरेका थिए ।

 

इरानले पनि जवाफी कारबाही स्वरूप इजरायलसहित नौ देशमा रहेका अमेरिकी सैन्य अड्डामाथि हमला गरेको जनाएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आउने दिनमा तेहरानमाथिको आक्रमण अझ कडा बनाइने चेतावनी दिएका छन् ।

 

आइतबार इरानले गरेको आक्रमणमा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कारबाही जारी रहने बताएका छन् । उनका अनुसार ती सैनिकको मृत्युको बदला नलिएसम्म आक्रमण रोकिने छैन ।

 

शनिबार सुरु भएको यो युद्धको पहिलो दिनमै इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईको मृत्यु भएको छ । ती आक्रमणमा ४८ जना इरानी उच्च अधिकारी पनि मारिएको खबर छ । अहिले इरानमा सत्ता सम्हाल्न तीन सदस्यीय अस्थायी समिति बनाइएको छ । यसमा राष्ट्रपति मसूद पजश्कियान, न्यायपालिकाका प्रमुख गुलाम हुसेन मोहसेनी एजेही र मौलवि अलीरेजा अराफी रहेका छन् ।

 

इजरायल र अमेरिकाले इरानको राजधानी तेहरानसहित दस ठूला सहरलाई निशाना बनाएको जनाइएको छ। अहिलेसम्म दुई सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने सात सय चालीसभन्दा बढी घाइते भएका छन् । एउटा विद्यालयमा मिसाइल खस्दा एक सय ८० छात्राको ज्यान गएको र ४५ जना घाइते भएको खबर छ ।

 

इरानका विदेशमन्त्री अब्बास अराघचीले एक-दुई दिनभित्र नयाँ सर्वोच्च नेता चयन हुन सक्ने बताएका छन् । इरानको सरकारी सञ्चारमाध्यम फार्सका अनुसार खामेनेईका छोरा मुजतबा खामेनेई सम्भावित दाबेदारका रूपमा अघि आउन सक्छन् । उनलाई पछिल्ला दुई वर्षदेखि उत्तराधिकारी बनाउने तयारी भइरहेको चर्चा छ । केही रिपोर्टअनुसार विशेषज्ञ सभाले सन् २०२४ सेप्टेम्बरमै गोप्य रूपमा नयाँ नेताको छनोट गरिसकेको दाबी पनि गरिएको छ ।

 

उता इरानले जवाफी कारबाहीमा इजरायलसहित मध्यपूर्वका नौ देशमा ड्रोन र मिसाइल प्रहार गरेको जनाएको छ । उसले कतार, कुवेत, जोर्डन, बहराइन, साउदी अरब र संयुक्त अरब इमिरेट्समा रहेका अमेरिकी अड्डालाई निशाना बनाएको दाबी गरेको छ ।

 

संयुक्त अरब इमिरेट्सको दुबई सहरमा पाम जुमेराह क्षेत्र र बुर्ज खलिफा नजिक ड्रोन हमला भएको बताइएको छ । क्षेत्रीय तनाव बढ्दै जाँदा अन्तर्राष्ट्रिय समुदायले गम्भीर चिन्ता व्यक्त गर्न थालेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार