इरानद्वारा विश्वभर तेल र ग्यास आपूर्तिको मुख्य मार्ग हर्मुज बन्द

२०८२ फाल्गुण १७ आइतवार
सारांश
  • इरानले विश्वकै महत्वपूर्ण समुद्री मार्ग मानिने होर्मुज जलडमरु मध्य बन्द गरेको घोषणा गरेको छ ।

एजेन्सी, १७ फाल्गुण । इरानले विश्वकै महत्वपूर्ण समुद्री मार्ग मानिने होर्मुज जलडमरु मध्य बन्द गरेको घोषणा गरेको छ ।

 

इरानको रिभोल्युशनरी गार्ड्सले खाडी क्षेत्रमा सञ्चालनमा रहेका जहाजहरूलाई उच्च आवृत्तिको रेडियो सन्देश पठाउँदै उक्त समुद्री मार्ग प्रयोग नगर्न चेतावनी दिएको जनाएको छ ।

 

होर्मुज जलडमरु मध्यलाई विश्वभर तेल र ग्यास आपूर्तिको मुख्य मार्गका रूपमा लिइन्छ । यो साँघुरो समुद्री बाटोले फारसको खाडीलाई ओमानको खाडी हुँदै अरब सागरसँग जोड्ने काम गर्छ ।

 

यस जलमार्गको उत्तरतर्फ इरान रहेको छ भने दक्षिणतर्फ ओमान र संयुक्त अरब इमिरेट्स रहेका छन् । वरिपरि प्रमुख तेल उत्पादक देशहरू रहेकाले विश्वका धेरै देशमा जाने तेल आपूर्ति यही मार्गबाट हुने गर्दछ ।

 

करिब १६७ किलोमिटर लामो रहेको होर्मुज जलडमरु मध्यका दुवै प्रवेशद्वार झण्डै ५० किलोमिटर चौडा छन् भने सबैभन्दा साँघुरो भाग करिब ३३ किलोमिटर मात्रै रहेको छ । जहाज आवतजावतका लागि करिब ३ किलोमिटर चौडाइको निश्चित समुद्री मार्ग तय गरिएको छ ।

 

इरानको यस निर्णयपछि अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति र समुद्री व्यापारमा असर पर्ने देखिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार