इरानमाथि अमेरिका र इजरायलको हवाई आक्रमण शुरु

२०८२ फाल्गुण १६ शनिवार
सारांश
  • इजरायलले इरानविरुद्ध सुरु गरेको नयाँ सैन्य अभियानलाई ‘लायन्स रोर’ नाम दिइएको छ, जसको नामकरण प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गरेका हुन् ।

काठमाडौँ: इरानको राजधानी तेहरानसहित विभिन्न सहरमा इजरायलले हवाई आक्रमण गरेको छ । शनिबार बिहान ती क्षेत्रमा ठूलो विस्फोटको आवाज सुनिएको र हवाई आक्रमणसम्बन्धी चेतावनी सायरन बजाइएको जनाइएको छ ।

 

इजरायली रक्षा बलले इरानमाथि गरिएको आक्रमणलाई ‘पूर्वसावधानी स्वरूपको हमला’ भएको जनाएको छ । आक्रमणपछि इरानले देशभरका सबै उडान स्थगित गर्दै आफ्नो आकाश मार्ग खाली गराएको छ । यता इजरायलमा पनि हवाई आक्रमणको चेतावनी सायरन बजाइएपछि संवेदनशील क्षेत्र खाली गराइएको छ भने नागरिकलाई घरभित्रै बस्न आग्रह गरिएको छ ।

 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यो आक्रमण अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाही भएको दाबी गरिएको छ । सो क्रममा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको कार्यालय नजिक समेत हमला भएको जनाइएको छ । घटनापछि खामेनेईलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

 

इजरायलले इरानविरुद्ध सुरु गरेको नयाँ सैन्य अभियानलाई ‘लायन्स रोर’ नाम दिइएको छ, जसको नामकरण प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गरेका हुन् ।

 

इरान र अमेरिकाबीच आणविक कार्यक्रमलाई लिएर वार्ता चलिरहेका बेला उक्त आक्रमण भएको हो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कारबाहीको चेतावनी दिएका थिए भने अमेरिकाले आफ्ना नागरिकलाई इजरायल छाड्न समेत आग्रह गरेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार