इजरायलस्थित भारतीय दूतावासको सतर्कता सूचना, जोर्डनमा रहेका नागरिकलाई देश छोड्न आग्रह

२०८२ फाल्गुण १६ शनिवार
सारांश
  • इजरायल र अमेरिकाले इरानमाथि संयुक्त सैन्य आक्रमण गरेपछि इजरायलस्थित भारतीय दूतावासले त्यहाँ रहेका सबै भारतीय नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

एजेन्सी, १६ फाल्गुण । इजरायल र अमेरिकाले इरानमाथि संयुक्त सैन्य आक्रमण गरेपछि इजरायलस्थित भारतीय दूतावासले त्यहाँ रहेका सबै भारतीय नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

दूतावासले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको सूचनामा सबै भारतीय नागरिकलाई आफू बसोबास वा कार्यस्थल नजिकै तोकिएका सुरक्षित आश्रयस्थल नजिकै रहन र सुरक्षित स्थानबारे जानकारी लिन आग्रह गरेको छ ।

 

साथै, अर्को सूचना जारी नभएसम्म इजरायलभित्र अनावश्यक आवतजावत नगर्न र स्थानीय समाचार, सरकारी घोषणा तथा आपतकालीन सूचनाहरू नियमित रूपमा अवलोकन गर्न अनुरोध गरिएको छ ।

 

आपतकालीन अवस्थाका लागि तेल अवीवस्थित भारतीय दूतावासको २४ घण्टे हेल्पलाइन नम्बरमा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ । दूतावासले सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको र आवश्यकताअनुसार थप सूचना जारी गरिने पनि उल्लेख गरेको छ ।

 

यसैबीच, जोर्डनस्थित भारतीय दूतावासले पनि इजरायली आक्रमणपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै त्यहाँ रहेका भारतीय नागरिक र पर्यटकलाई उच्च सतर्कता अपनाउन र व्यावसायिक उडान सेवा अवरुद्ध हुनुअघि सम्भव भएसम्म देश छोड्न आग्रह गरेको छ । आकस्मिक अवस्थाका लागि +९६२–७७०४२२२७६ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

 

इरानी सरकारी सञ्चारमाध्यमहरूले राजधानी तेहरानमा विस्फोट भएको खबर सार्वजनिक गरेका छन् । पछिल्लो घटनाक्रमले मध्यपूर्व क्षेत्रमा तनाव थप चुलिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार