न्यूयोर्कका मेयर ममदानीले ट्रम्पलाई किन दिए नक्कली पत्रिकाको पहिलो पृष्ठ उपहार ?
२०८२ फाल्गुण १५ शुक्रवार
- अमेरिकाको न्यूयोर्क सहरका मेयर जोहरान ममदानीले ह्वाइट हाउस भ्रमणका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् ।
एजेन्सी, १५ फाल्गुण । अमेरिकाको न्यूयोर्क सहरका मेयर जोहरान ममदानीले ह्वाइट हाउस भ्रमणका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् ।
भेटका क्रममा सहरमा ठूलो स्तरको आवास निर्माण लगानीबारे छलफल गर्न मेयर ममदानीले राष्ट्रपतिलाई प्रतीकात्मक रूपमा तयार पारिएको नक्कली पत्रिकाको पहिलो पृष्ठ उपहार दिएका थिए ।
मेयरको टोलीले नयाँ संघीय आवास लगानी भएपछि सम्भावित जनप्रतिक्रिया कस्तो हुन सक्छ भन्ने देखाउन उक्त पत्रिकाको आवरण तयार पारेको बताइएको छ । नक्कली पत्रिकाको मुख्य शीर्षकमा 'ट्रम्पले सहरलाई भने- अब निर्माण गरौं' भन्ने सन्देश राखिएको थियो, जुन सन् १९७५ मा प्रकाशित चर्चित पत्रिकाको शीर्षकलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको हो ।
मेयर ममदानीले राष्ट्रपतिसँगको भेटको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । मेयरका सञ्चार निर्देशक अन्ना बहरका अनुसार राष्ट्रपति ट्रम्प प्रस्तावित आवास योजनाप्रति सकारात्मक देखिएका थिए ।
प्रस्तावअनुसार क्वीन्स क्षेत्रको सनसाइड रेल यार्डमाथि संरचना निर्माण गरी संघीय सहयोगबाट करिब २१ अर्ब अमेरिकी डलर लगानीमा १२ हजार किफायती आवास निर्माण गर्ने योजना रहेको छ ।
मेयर कार्यालयले यस परियोजनाबाट करिब ३० हजार रोजगारी सिर्जना हुने र पछिल्लो ५० वर्षयताकै सबैभन्दा ठूलो आवास तथा पूर्वाधार लगानी हुने अनुमान गरेको छ । गत नोभेम्बरमा भएको अघिल्लो भेटमा राष्ट्रपति ट्रम्पले न्यूयोर्क सहरमा ठूला निर्माण परियोजना अघि बढाउने प्रस्तावसहित पुनः आउन मेयर ममदानीलाई प्रोत्साहित गरेको जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’