आफ्नो देशलाई सुरक्षा खतरा भएमा दक्षिण कोरियालाई 'पूर्ण रूपमा नष्ट' गरिदिने किमको चेतावनी
२०८२ फाल्गुण १५ शुक्रवार
- किमले आफ्नो देशको सुरक्षा खतरा भएमा दक्षिण कोरियालाई 'पूर्ण रूपमा नष्ट' गरिदिने चेतावनी दिएका हुन् ।
एजेन्सी, १५ फाल्गुण । उत्तर कोरियाका नेता किम जोंग उनले दक्षिण कोरियालाई कडा चेतावनी दिएका छन् । किमले आफ्नो देशको सुरक्षा खतरा भएमा दक्षिण कोरियालाई 'पूर्ण रूपमा नष्ट' गरिदिने चेतावनी दिएका हुन् ।
मिडिया रिपोर्टका अनुसार प्योंगयांगमा सात दिन चलेको वर्कर्स पार्टी कांग्रेसको समापन अवसरमा किमले आगामी पाँच वर्षका लागि आफ्नो परमाणु र मिसाइल कार्यक्रम विस्तार गर्ने योजना प्रस्तुत गरेका थिए । सो अवसरमा उनले पानीमुनिबाट प्रहार गर्ने अन्तरमहाद्वीपीय बलिस्टिक मिसाइल, सामरिक परमाणु हतियार, परमाणु संचालित पनडुब्बी, एआईयुक्त ड्रोन र उन्नत उपग्रह विकास गर्ने योजना भएको बताएका छन् ।
किमले दक्षिण कोरियालाई 'स्थायी शत्रु' भनेका छन् र त्यससँग कुनै वार्ता सम्भव नहुने बताए । तर उनले अमेरिका प्रतिबन्ध र दबाबको नीति त्यागेमा संवादको संभावना रहेको पनि उल्लेख गरेका छन् । कांग्रेसपछि राजधानीमा भव्य सैन्य परेड आयोजना गरिएको थियो, जहाँ किम आफ्नो छोरीसँग उपस्थित देखिए । परेडमा अमेरिका समेट्न सक्ने ठूलो आईसीबीएम प्रदर्शन भने गरिएको थिएन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’