- बेलायतले बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै सामाजिक सञ्जाल मञ्च रेडिटमाथि १ करोड ४५ लाख पाउन्ड अर्थात् करिब २६७ करोड नेपाली रुपैयाँ बराबर जरिवाना लगाएको छ ।
काठमाण्डौ, १३ फाल्गुण । बेलायतले बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै सामाजिक सञ्जाल मञ्च रेडिटमाथि १ करोड ४५ लाख पाउन्ड अर्थात् करिब २६७ करोड नेपाली रुपैयाँ बराबर जरिवाना लगाएको छ ।
नियामक निकायले सार्वजनिक गरेको विवरणअनुसार रेडिटले १३ वर्षभन्दा कम उमेरका बालबालिकाको व्यक्तिगत विवरण गैरकानुनी रूपमा सङ्कलन र प्रयोग गरेको पाइएको छ । सूचना आयुक्त जोन एडवर्ड्सले बालबालिकाले नबुझ्ने र नियन्त्रण गर्न नसक्ने विवरण प्रयोग गर्नु अस्वीकार्य भएको टिप्पणी गरेका छन् । उनका अनुसार यस्तो लापरबाहीले बालबालिकालाई हानिकारक सामग्रीको जोखिममा पार्न सक्थ्यो ।
सूचना आयुक्तको कार्यालयका अनुसार रेडिटले १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई अनुमति नदिने दाबी गरे पनि सन् २०२५ को जुलाईअघि उमेर प्रमाणित गर्ने प्रभावकारी व्यवस्था थिएन । त्यसपछि उमेर सोध्न थालिए पनि प्रयोगकर्ताले आफैं उमेर उल्लेख गर्ने प्रणाली मात्र अपनाइएको र यसलाई सजिलै छल्न सकिने निष्कर्ष निकालिएको छ ।
बेलायतमा बालबालिकाको अनलाइन सुरक्षालाई लिएर पछिल्लो समय कडाइ बढाइएको छ । यसअघि तस्बिर आदानप्रदान मञ्च इम्गुरका स्वामित्वकर्तामाथि पनि जरिवाना लगाइएको थियो भने छोटो भिडियो मञ्च टिकटक पनि नियामकको निगरानीमा रहेको छ ।
रेडिटले भने जरिवानाविरुद्ध पुनरावेदन गर्ने तयारी गरिरहेको जनाएको छ । कम्पनीले प्रयोगकर्ताको गोपनीयता र सुरक्षाप्रति प्रतिबद्ध रहेको दाबी गर्दै अत्यधिक व्यक्तिगत विवरण सङ्कलन गर्न दबाब दिनु आफ्ना नीतिविपरीत हुने बताएको छ ।
नियामक निकायले बालबालिकासम्बन्धी विवरणको व्यवस्थापनमा रेडिटमाथि निगरानी जारी राख्ने स्पष्ट पारेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।