- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि दुई दिने औपचारिक भ्रमणका लागि इजरायल प्रस्थान गर्दैछन् । सन् २०१७ पछि उनको यो दोस्रो इजरायल भ्रमण हो ।
काठमाण्डौ, १३ फाल्गुण । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि दुई दिने औपचारिक भ्रमणका लागि इजरायल प्रस्थान गर्दैछन् । सन् २०१७ पछि उनको यो दोस्रो इजरायल भ्रमण हो ।
तेल अवीव पुगेपछि उनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उनले इजरायलको संसदलाई सम्बोधन गर्नेछन् । साथै, त्यहाँ रहेका भारतीय समुदायसँग भेटघाट गर्ने र प्रविधि प्रदर्शनी अवलोकन गर्ने कार्यक्रम तय भएको छ ।
यस अवसरमा मानवरहित हवाई साधन, क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तथा अन्य सैन्य उपकरणसम्बन्धी सहकार्यका विषयमा छलफल हुने जनाइएको छ । इजरायलले आफ्नो हवाई प्रतिरक्षा प्रणाली ‘आइरन डोम’ सम्बन्धी प्रविधि साझेदारी गर्न सक्ने सम्भावना रहेको बताइएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले होलोकास्ट स्मारक याद वाशेममा श्रद्धाञ्जली अर्पण गर्नेछन् र राष्ट्रपति इसाक हर्जोगसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।