एपस्टाइन प्रकरणमा जोडिएका बेलायतका पूर्वराजदूत म्यान्डेलसन पक्राउ
२०८२ फाल्गुण १२ मङ्गलवार
- अमेरिकास्थित बेलायतका पूर्व राजदूत पिटर म्यान्डेलसनलाई सार्वजनिक पदको दुरुपयोगको आशंकामा पक्राउ गरिएको हो ।
एजेन्सी, १२ फाल्गुण । यौन अपराधी जेफ्री एपस्टाइनसँग सम्बन्धित प्रकरणमा बेलायत प्रहरीले दोस्रो ठूलो कारबाही गरेको छ । अमेरिकास्थित बेलायतका पूर्व राजदूत पिटर म्यान्डेलसनलाई सार्वजनिक पदको दुरुपयोगको आशंकामा पक्राउ गरिएको हो ।
लन्डन महानगरीय प्रहरीले उत्तर लन्डनको एक ठेगानाबाट ७२ वर्षीय व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी वक्तव्यमा नाम उल्लेख नगरिए पनि पक्राउ परेका व्यक्ति म्यान्डेलसन नै भएको पुष्टि भएको छ । उनीमाथि यौन दुर्व्यवहारको आरोप भने छैन ।
रिपोर्टअनुसार अमेरिकी न्याय विभागले सार्वजनिक गरेका थप कागजातपछि अनुसन्धान अघि बढाइएको हो । ती विवरणमा सन् २००९ को विश्व आर्थिक संकटका बेला व्यापार मन्त्री रहेका म्यान्डेलसनले एपस्टीनसँग बजारसम्बन्धी संवेदनशील सरकारी सूचना साझा गरेको संकेत भेटिएको दाबी गरिएको छ । त्यसबेला बेलायतका प्रधानमन्त्री गोर्डन ब्राउन थिए ।
म्यान्डेलसन यसअघि युरोपेली आयोगका आयुक्तसमेत भइसकेका थिए र पछि अमेरिका लागि बेलायतका राजदूत नियुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री किर स्टार्मरले उनलाई सन् २०२४ को डिसेम्बरमा राजदूत नियुक्त गरेका थिए भने सन् २०२५ को सेप्टेम्बरमा पदबाट हटाएका थिए ।
यसअघि यही प्रकरणमा बेलायती शाही परिवारसँग सम्बन्धित एन्ड्रु माउन्टब्याटेन- विन्डसरलाई पनि सोधपुछका लागि नियन्त्रणमा लिएर ११ घण्टापछि रिहा गरिएको थियो । प्रहरीले करिब १५ वर्षअघिको सम्भावित सूचना चुहावटबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।