ट्रम्पले विश्वव्यापी भन्सार शुल्क १५ प्रतिशत पुर्याए
२०८२ फाल्गुण १० आइतवार
- अमेरिकी सर्वोच्च अदालतको निर्णयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरबाट अमेरिका भित्रिने सामानमा लाग्ने कर बढाएका छन् ।
एजेन्सी, १० फाल्गुण । अमेरिकी सर्वोच्च अदालतको निर्णयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरबाट अमेरिका भित्रिने सामानमा लाग्ने कर बढाएका छन् । सर्वोच्चको आदेशले यसअघि ट्रम्पले लगाएको सबै कर खारेज गरेपछि लगाएको १० प्रतिशत करलाई बढाएर १५ प्रतिशत पुर्याउने घोषणा गरेका छन् ।
अदालतले ट्रम्प प्रशासनले अघि सारेको अघिल्लो आयात शुल्क नीतिलाई खारेज गरेको एक दिनपछि राष्ट्रपतिले नयाँ दर सार्वजनिक गरेका हुन् । यसअघि उनले अदालतले रद्द गरेको शुल्कको सट्टा सबै आयातित वस्तुमा १० प्रतिशत कर लगाउने बताएका थिए । ट्रम्पले यो निर्णय तत्काल प्रभावबाट लागू हुने उल्लेख गरेका छन् ।
ट्रम्पले आफ्नो पोस्टमा अमेरिकी सर्वोच्च अदालतको निर्णयलाई 'असाधारण रूपमा अमेरिका विरोधी' भन्दै आलोचना गरेका छन् । उनले आगामी केही महिनाभित्र कानुनी रूपमा मान्य हुने नयाँ भन्सार संरचना तय गरिने र यसले ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानलाई अझ सशक्त बनाउने दाबी गरेका छन् ।
ट्रम्पको पछिल्लो घोषणापछि अन्तर्राष्ट्रिय व्यापार क्षेत्र र अमेरिकी बजारमा कस्तो प्रतिक्रिया आउने भन्ने विषयमा चासो बढेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।