ढाकामा नेपाल-बंगलादेश परराष्ट्रमन्त्रीबीच उच्चस्तरीय भेट

२०८२ फाल्गुण ०७ विहीवार
सारांश
  • परराष्ट्रमन्त्री बालानन्द शर्माले बंगलादेश सरकारका नवनियुक्त परराष्ट्रमन्त्री डा. खालिलुर रहमानलाई बधाई दिएका छन् ।

काठमाण्डौ, ०७ फाल्गुण । परराष्ट्रमन्त्री बालानन्द शर्माले बंगलादेश सरकारका नवनियुक्त परराष्ट्रमन्त्री डा. खालिलुर रहमानलाई बधाई दिएका छन् ।

 

ढाकामा भएको भेटवार्तामा दुई देशका परराष्ट्र मन्त्रीहरूले नेपाल-बंगलादेशबीचको लामो समयदेखिको मित्रवत् सम्बन्धको समीक्षा गरेका थिए। उनीहरूले असल छिमेकी सम्बन्ध, साझा आकांक्षा र गहिरो सांस्कृतिक सम्बन्धका आधारमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेको बंगलादेशस्थित नेपाली दुताबासले जनाएको छ ।

 

भेटमा व्यापार, ऊर्जा, कनेक्टिभिटी र पर्यटन जस्ता क्षेत्रमा रहेको अपार सम्भावनालाई उपयोग गर्दै आर्थिक साझेदारी विस्तार गर्ने विषयमा विशेष जोड दिइएको थियो। साथै, दुवै पक्षले द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा मिलेर काम गर्दै दुई देश र जनताको साझा हित प्रवर्द्धन गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

 

भेटमा बंगलादेशका राज्यमन्त्री शामा ओबेद इस्लाम, परराष्ट्र सचिव असद आलम सियाम र महानिर्देशक इस्रात जहाँ सहभागी थिए। मन्त्री शर्मासँग नेपालका राजदूत घनश्याम भण्डारी, सहसचिव गहेन्द्र राजभण्डारी, उपनियोग प्रमुख ललिता सिलवाल र उपसचिव मधुसूदन भट्टराई उपस्थित रहेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार