एपस्टाइन प्रकरण मुछिएका बेलायतका राजा चार्ल्सका भाइ एन्ड्र्यु पक्राउ
७ फाल्गुन, २०८२, बिहिवार
- पूर्व राजकुमारले दोषी यौन अपराधी जेफ्री एपस्टाइनसँग गोप्य सूचना आदानप्रदान गरेको भनाइसम्बन्धी उजुरीमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौँ: बेलायतका राजा चार्ल्स तृतीयका भाइ एन्ड्र्यु माउन्टबेटन- विन्डसरलाई सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको छ ।
बिहीबार बिहान इङ्ग्ल्यान्डको नोरफोकस्थित स्यान्ड्रिङ्घम एस्टेटबाट एन्ड्र्युलाई पक्राउ गरिएको बिबिसीले उल्लेख गरेको छ ।
पूर्व राजकुमारले दोषी यौन अपराधी जेफ्री एपस्टाइनसँग गोप्य सूचना आदानप्रदान गरेको भनाइसम्बन्धी उजुरीमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।
एन्ड्र्युले आफूले कुनै पनि गैरकानुनी काम नगरेको दाबी गर्दै आएका छन्। उनले यसअघि नै ‘प्रिन्स’ उपाधि गुमाइसकेका छन् भने विन्डसरस्थित आफ्नो निवास रोयल लज पनि छाड्नुपरेको छ ।
पूर्व राजकुमार एन्ड्र्यु यसअघि पनि जेफ्री एपस्टाइनसँगको सम्बन्धलाई लिएर विवादमा परेका थिए । यद्यपि उनले सधैं कुनै पनि प्रकारको गलत कार्यमा संलग्नता अस्वीकार गर्दै आएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढी: ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।