- बुधबार भेटका क्रममा भारतले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा गरिरहेको कामबारे छलफल भएको र यस क्षेत्रमा गूगलले भारतीय विद्यार्थी तथा पेशेवरहरूसँग सहकार्य कसरी गर्न सक्छ भन्ने विषयमा पनि विचार आदानप्रदान भएको प्रधानमन्त्री मोदीले बताएका छन् ।
काठमाडौँ: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गूगल तथा यसको मातृ कम्पनी अल्फाबेट इंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईसँग भेटवार्ता गरेका छन् ।
बुधबार भेटका क्रममा भारतले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा गरिरहेको कामबारे छलफल भएको र यस क्षेत्रमा गूगलले भारतीय विद्यार्थी तथा पेशेवरहरूसँग सहकार्य कसरी गर्न सक्छ भन्ने विषयमा पनि विचार आदानप्रदान भएको प्रधानमन्त्री मोदीले बताएका छन् ।
पिचाई हाल दिल्लीमा जारी ‘इन्डिया एआई इम्प्याक्ट समिट’मा सहभागी हुन आएका छन् । उक्त सम्मेलन भारत मण्डपममा प्रदर्शनीसहित आयोजना गरिएको छ ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत लेख्दै एआई इम्प्याक्ट समिटका क्रममा पिचाईसँग भेट भएकोमा खुशी व्यक्त गरेका छन् । उनले भारतले एआई क्षेत्रमा गरिरहेको प्रगतिबारे छलफल भएको र गूगलले भारतीय प्रतिभासँग सहकार्य विस्तार गर्ने सम्भावनाबारे पनि कुराकानी भएको उल्लेख गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’