भारतीय प्रधानमन्त्री मोदी इजरायल भ्रमण जादै

४ फाल्गुन, २०८२, सोमवार
सारांश
  • यस भ्रमणको मुख्य उद्देश्य भारत-इजरायलबीच रक्षा सहकार्य, आतंकवादविरुद्धको संयुक्त प्रयास तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत नयाँ प्रविधि क्षेत्रमा सम्बन्धलाई थप सुदृढ बनाउनु रहेको बताइएको छ।

काठमाडौँ: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी साता इजरायल भ्रमणमा जाने भएका छन् ।

 

भ्रमण फेब्रुअरी २४ र २५ मा हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सम्भावित भ्रमणबारे जानकारी दिएका हुन् । मोदीको आफ्नो तेस्रो कार्यकालमा पहिलो पटक इजरायलको भ्रमण हुने छ । यसअघि उनी सन् २०१७ मा इजरायल भ्रमणमा गएका थिए ।

 

यस भ्रमणको मुख्य उद्देश्य भारत-इजरायलबीच रक्षा सहकार्य, आतंकवादविरुद्धको संयुक्त प्रयास तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत नयाँ प्रविधि क्षेत्रमा सम्बन्धलाई थप सुदृढ बनाउनु रहेको बताइएको छ।

 

हालै आयोजित एक कार्यक्रममा नेतन्याहुले मोदी आगामी साता इजरायल आउने बताएका थिए । उनले भारतलाई शक्तिशाली र प्रभावशाली राष्ट्रको संज्ञा दिँदै दुई देशबीचको साझेदारी मजबुत रहेको उल्लेख गरेका छन् ।

 

विश्लेषकहरूका अनुसार दुई नेताबीच रक्षा सहकार्य र आतंकवादविरुद्ध संयुक्त रणनीतिबारे विशेष छलफल हुने अपेक्षा गरिएको छ । साथै एआई, साइबर सुरक्षा, क्वान्टम अनुसन्धान र आधुनिक कृषिका क्षेत्रमा समेत सहकार्य विस्तार गर्ने विषयमा कुराकानी हुन सक्ने अनुमान गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार