ईरानलाई परमाणु हतियार राख्न कहिल्यै नदिने अमेरिकी विदेशमन्त्री रुबियोको दाबि
२०८२ फाल्गुण ०३ आइतवार
- अमेरिकी विदेश मन्त्री मारको रुबियोले ईरानलाई कुनै पनि अवस्थामा परमाणु हतियार राख्न अनुमति नदिइने स्पष्ट पारेका छन् ।
एजेन्सी, ०३ फाल्गुण । अमेरिकी विदेश मन्त्री मारको रुबियोले ईरानलाई कुनै पनि अवस्थामा परमाणु हतियार राख्न अनुमति नदिइने स्पष्ट पारेका छन् । उनले ईरान अमेरिका, युरोप, मध्यपूर्व क्षेत्र र विश्व शान्तिका लागि खतरा रहेको दाबी गरेका हुन् ।
जर्मनीको म्युनिखमा आयोजित म्युनिख सेक्युरिटी कन्फेरेन्सका क्रममा ब्लूमबर्गसँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।
रुबियोका अनुसार मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्ने क्षमता र इच्छा ईरानले देखाएकाले अमेरिका उक्त क्षेत्रमा आफ्नो सेना कायम राख्न चाहन्छ । उनले मध्यपूर्वमा अमेरिकाका सहयोगी देशहरू तथा सैन्य आधारहरू रहेकाले सुरक्षा सन्तुलन कायम राख्न सैन्य उपस्थिती आवश्यक रहेको बताए ।
उनले थपे- 'ईरानको कुनै गल्तीका कारण ठूलो द्वन्द्व नहोस् भन्ने उद्देश्यले अमेरिका सावधानीपूर्वक आफ्नो उपस्थिति कायम राख्न चाहन्छ ।'
यसैबीच उनले डोनाल्ड ट्रम्पको प्राथमिकता ईरानसँग सम्झौता गर्नु रहेको पनि उल्लेख गरे । उनले यस्तो सम्झौता कठिन भए पनि अमेरिका प्रयास जारी राख्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।