बंगलादेशमा शानदार जित हासिल गरेको बीएनपीलाई भारत र पाकिस्तानको बधाई

२०८२ फाल्गुण ०१ शुक्रवार
सारांश
  • बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले दुई तिहाई बहुमतसहित सरकर बनाउने निश्चित भएको छ ।

काठमाण्डौ, ०१ फाल्गुण । बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले दुई तिहाई बहुमतसहित सरकर बनाउने निश्चित भएको छ ।

 

रहमानलाई छिमेकी देश भारत पाकिस्तानले बधाई दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो विजयले बंगलादेशका जनताको तारिक रहमानको नेतृत्वमा विश्वासलाई प्रतिबिम्बित गर्ने बताएका छन् । उनले भने- 'भारत लोकतान्त्रिक, प्रगतिशील र समावेशी बंगलादेशको समर्थनमा उभिनेछ। म तपाईं (तारिक रहमान) सँग हाम्रो बहुआयामिक सम्बन्धलाई सुदृढ पार्न र हाम्रा साझा विकास लक्ष्यहरूलाई अगाडि बढाउन काम गर्न तत्पर छु ।'

बंगलादेशमा जारी मतगणनाको प्रवृत्तिले बीएनपी नेतृत्वको गठबन्धनको लागि ठूलो विजयलाई संकेत गरेको छ ।

 

त्यस्तै पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले बंगलादेशमा भएको आम चुनावमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) को "ठूलो विजय" मा तारिक रहमानलाई बधाई दिएका छन् । राष्ट्रपतिले भनेका छन्- 'राष्ट्रपति आसिफ अली जरदारीले बीएनपीको ठूलो विजयमा तारिक रहमानलाई बधाई दिएका छन् र बंगलादेशका जनतालाई सफल र शान्तिपूर्ण चुनावको कामना गरेका छन् ।'

 

३०० सिट मध्ये अहिलेसम्म घोषणा भएका २४९ सिटमा बीएनपीले १८१ सिटमा जित हासिल गरेको छ । त्यस्तै जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११-दलीय गठबन्धनले अहिलेसम्म ६१ सिट मात्र जितेको छ ।  अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले ७ सिट जितेका छन् । अझै ५० स्थानको नतिजा घोषणा हुन बाँकी रहेको छ । यस निर्वाचनमा ४८ प्रतिशत मतदान भएको थियो ।  
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार