- विहिबार सम्पन्न निर्वाचनमा बीएनपीले अहिलेसम्म १८१ सिट जितेको छ । ३०० सदस्यीय तल्लो सदनमा बीएनपीले अहिलेसम्म ६० प्रतिशत भन्दा बढी सिट जितेको छ ।
काठमाण्डौ, ०१ फाल्गुण । बंगलादेशमा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) पार्टीले अत्यधिक बहुमत हासिल गरेको छ ।
विहिबार सम्पन्न निर्वाचनमा बीएनपीले अहिलेसम्म १८१ सिट जितेको छ । ३०० सदस्यीय तल्लो सदनमा बीएनपीले अहिलेसम्म ६० प्रतिशत भन्दा बढी सिट जितेको छ ।
चुनावको नतिजाले पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तथा बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिएको छ । रहमानले दुई सिटमा चुनाव लडे र दुवैमा जित हासिल गरेका छन् । उनी १७ वर्षपछि गत डिसेम्बरमा देश फर्किएका थिए ।
बंगलादेशको मिडिया डेली स्टारका अनुसार अहिलेसम्म २४९ स्थानको मतगणना सम्पन्न हुदा बीएनपीले १८१ स्थानमा जित हासिल गरेको छ भने जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११-दलीय गठबन्धनले अहिलेसम्म ६१ सिट मात्र जितेको छ ।
अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले ७ सिट जितेका छन् । अझै ५० स्थानको नतिजा घोषणा हुन बाँकी रहेको छ । यस निर्वाचनमा ४८ प्रतिशत मतदान भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’