बंगलादेश निर्वाचन: ३३ प्रतिशतले गरे मतदान, झडपमा बीएनपी नेताको मृत्यु
२९ माघ, २०८२, बिहिवार
- बीएनपीका अनुसार जमातका एक नेताले धक्का दिएपछि कोच्चि रूखमा ठोक्किएका थिए, जसका कारण उनको ज्यान गएको हो । तर जमात-ए-इस्लामी पक्षले भने झडपका क्रममा उनी अचानक बिरामी परेर हृदयघातका कारण मृत्यु भएको दाबी गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
काठमाडौँ: बंगलादेशमा आम निर्वाचनका लागि मतदान जारी रहँदा विभिन्न स्थानमा हिंसात्मक घटना भएका छन् । खुलना जिल्लामा एक मतदान केन्द्र बाहिर जमात-ए-इस्लामीका कार्यकर्तासँग भएको झडपमा बीएनपी (बंगलादेश नेशनलिस्ट पार्टी) का नेता मोहिबुज्जमान कोच्चिको मृत्यु भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।
बीएनपीका अनुसार जमातका एक नेताले धक्का दिएपछि कोच्चि रूखमा ठोक्किएका थिए, जसका कारण उनको ज्यान गएको हो । तर जमात-ए-इस्लामी पक्षले भने झडपका क्रममा उनी अचानक बिरामी परेर हृदयघातका कारण मृत्यु भएको दाबी गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
यसैबीच, मुंशीगंज-३ र गोपालगंज सदर क्षेत्रमा मतदान केन्द्र बाहिर देसी बम विस्फोट गराइएको छ । मुंशीगंज-३ मा विस्फोटपछि केही समयका लागि मतदान रोकिएको थियो, तर अहिले पुनः सुचारु भएको छ। गोपालगंज सदर क्षेत्रमा भएको विस्फोटमा दुई जना अन्सार (अर्धसैनिक बल) का जवान र एक १४ वर्षीया बालिका घाइते भएका छन् ।
आजको मतदानमा देशभर करिब १२ करोड ७० लाख मतदाता आज आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् । यस निर्वाचनमा युवावर्गको भूमिका महत्वपूर्ण मानिएको छ, किनभने झन्डै आधा मतदाता १८ देखि ३७ वर्ष उमेर समूहका छन् । तीमध्ये करिब ४५ लाख ७० हजार मतदाताले पहिलोपटक मतदान गर्दैछन् ।
अहिलेसम्म देशभरका ३३ हजार मतदान केन्द्रमा करिब ३३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । सुरक्षा सतर्कता कडा पारिएको छ भने मतदान प्रक्रिया शान्तिपूर्ण बनाउन सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।