- जापानमा प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको गठबन्धनले शानदार बहुमत हासिल गरेको छ ।
एजेन्सी, २६ माघ । जापानमा प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको गठबन्धनले शानदार बहुमत हासिल गरेको छ ।
आइतबार भएको निर्वाचनमा तकाइचीको पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले ४६५ सदस्यीय जापानको तल्लो सदनमा ३१६ सिट जितेको छ । त्यस्तै एलडिपीसँग गठबन्धन गरेको जापान इनोभेसन पार्टीले ३६ सिट जितेको छ । जापानमा ४६५ मध्ये २८९ प्रत्यक्ष र १७६ सिट समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ ।
ताकाइचीले जनादेश लिने गरेको निर्णयमा मतदाताले साथ दिदै उनले ओरालो लागेको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) लाई भारी बहुमत दिएर पुनर्जीवित गरेकी छन् ।
दोस्रो विश्वयुद्धपछिको इतिहासमा पहिलो पटक कुनै एक दलले दुई–तिहाइ बहुमत हासिल गरेको यो ऐतिहासिक नतिजा हो । सत्तारूढ गठबन्धनले कुल मिलाएर ३५२ सिट जितेको छ ।
प्रधानमन्त्री ताकाइचीले कठ्यांग्रिने चिसो र हिउँले ढाकिएका बाटो पार गर्दै मतदान गर्न पुगेका मतदाताप्रति आभार व्यक्त गर्दै भनिन्- 'चिसो मौसम र हिउँले भरिएका सडक पार गरेर मतदान गर्न आउनु भएका सबै मतदाताप्रति म हार्दिक धन्यवाद दिन चाहन्छु ।' उनले जिम्मेवार र सक्रिय वित्तीय नीतिको वकालत गर्दै आएको उल्लेख गर्दै मतदाताबाट स्पष्ट जनादेश चाहेको बताइन् । उनले भनिन्- 'आर्थिक र वित्तीय नीतिमा ठूला परिवर्तन ल्याउने जिम्मेवार तथा सक्रिय नीति अघि बढाउन मैले जनताको जनादेश चाहेको थिएँ ।'
यस निर्वाचन परिणामले प्रधानमन्त्री ताकाइचीको राजनीतिक पकड थप बलियो बनाएको विश्लेषकहरूले बताएका छन्, भने आगामी दिनमा जापानको आर्थिक र वित्तीय नीतिमा महत्वपूर्ण परिवर्तन देखिन सक्ने संकेत पनि दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।