इरानमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई छ वर्षको जेल सजाय

२०८२ माघ २६ सोमवार
सारांश
  • इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई छ वर्षको जेल सजाय सुनाएको छ ।

एजेन्सी, २६ माघ । इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई छ वर्षको जेल सजाय सुनाएको छ ।

 

उनका वकिल मोस्तफा निलीले 'अपराध गर्न षड्यन्त्र र सहकार्य गरेको' गरेको आरोपमा उनलाई छ वर्ष कैदको सजाय तोकिएको बताएका छन् । साथै, उनलाई दुई वर्षसम्म देश छोड्न नपाउने गरि प्रतिबन्ध पनि लगाइएको छ ।

 

वकिलका अनुसार मोहम्मदीलाई ‘प्रचारात्मक गतिविधि’ गरेको अभियोगमा थप डेढ वर्षको जेल सजाय सुनाइएको छ र दुई वर्षका लागि पूर्वी साउथ खोरासान प्रान्तको खोस्फ शहरमा निर्वासनको सजाय पनि दिइएको छ ।

 

५३ वर्षीया मोहम्मदीले महिलामाथि लागू अनिवार्य पोशाक नियम र मृत्युदण्डको प्रयोगविरुद्ध लामो समयदेखि आवाज उठाउँदै आएकी छन् । उनको सक्रियताको सम्मानस्वरूप सन् २०२३ मा उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

 

पछिल्ला २५ वर्षमा उनी पटक–पटक मुद्दा चलाइएकी र जेल परेकी छन् । पछिल्लो दशकको अधिकांश समय उनले कारागारमै बिताएकी छन् र सन् २०१५ यता पेरिसमा बस्ने आफ्ना जुम्ल्याहा सन्तानलाई भेट्न पाएकी छैनन् । उनी पछिल्लो पटक गत डिसेम्बर १२ मा पक्राउ परेकी थिइन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार