विमान दुर्घटनामा निधन भएका महाराष्ट्रका उपमुख्यमन्त्री पवारको अन्त्यष्टि

२०८२ माघ १५ बिहीवार
सारांश
  • बुधबार महाराष्ट्रको बारामतीमा विमान दुर्घटनामा निधन भएका पवारको बारामतीको काटेवाडीस्थित विद्या प्रतिष्ठान मैदानमा राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको हो ।

काठमाडौँ : भारतको महाराष्ट्रका पूर्व उपमुख्यमन्त्री अजित पवारको अन्तिम संस्कार गरिएको छ । 

 

बुधबार महाराष्ट्रको बारामतीमा विमान दुर्घटनामा निधन भएका पवारको बारामतीको काटेवाडीस्थित विद्या प्रतिष्ठान मैदानमा राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको हो ।

 

उनलाई उनका दुई छोरा पार्थ र जय पवारले दागबत्ती दिएका थिए । अजितकी श्रीमती सुनेत्रा पवार, उनका दुई छोरा पार्थ र जय, उनका काका शरद पवार र उनकी छोरी सुप्रिया सुले अन्तिम संस्कारमा उपस्थित थिए ।

 

त्यस्तै भारतका केन्द्रीय गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन, केन्द्रीय मन्त्री नितिन गडकरी, गोवाका मुख्यमन्त्री प्रमोद सावन्त, पूर्व गृहमन्त्री सुशील कुमार शिन्दे, आन्ध्र प्रदेशका मन्त्री नारा लोकेश र महाराष्ट्र नवनिर्माण सेना प्रमुख राज ठाकरे पनि अन्तिम संस्कारमा पुगेका थिए । अन्त्येष्टिमा हजारौं मानिसहरू सहभागी थिए।

 

बुधबार बिहान ८:४५ बजे पवारको चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको थियो । ६६ वर्षका पवार सवार विमान बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको थियो ।

 

दुर्घटनामा पवारका सुरक्षा गार्ड, दुई पाइलट र एक महिला चालक दलका सदस्यसहित पाँच जनाको मृत्यु भएको थियो । पवारको निधनमा महाराष्ट्रमा तीन दिनको राजकीय शोक घोषणा गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार