ग्रीनल्याण्डमा ट्रम्पविरुद्ध प्रदर्शन

२०८२ माघ ०४ आइतवार
सारांश
  • ग्रीनल्याण्डको विलयको बारेमा अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइप्रति आफ्नो आक्रोश व्यक्त गर्दै हजारौं मानिस सडकमा उत्रिएका छन् । उनीहरुले ग्रीनल्याण्ड बिक्रीमा नभएको बताउदै ट्रम्पविरुद्ध प्रदर्शन गरेका छन् ।

काठमाडौँ: ग्रीनल्याण्डमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध शुरु भएको छ ।

 

ग्रीनल्याण्डको विलयको बारेमा अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइप्रति आफ्नो आक्रोश व्यक्त गर्दै हजारौं मानिस सडकमा उत्रिएका छन् । उनीहरुले ग्रीनल्याण्ड बिक्रीमा नभएको बताउदै ट्रम्पविरुद्ध प्रदर्शन गरेका छन् ।

 

हिउँले भरिएका सडकहरूको बीचमा, प्रदर्शनकारीहरूले ग्रीनल्याण्डको राजधानी नुउक शहरबाट अमेरिकी वाणिज्य दूतावाससम्म मार्च गरेका थिए । उनीहरूले राष्ट्रिय झण्डा फहराए र विरोध पोस्टरहरू बोकेका थिए । रिपोर्टका अनुसार ग्रीनल्याण्डमा भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो प्रदर्शन मानिन्छ, जसमा नुउकको जनसंख्याको लगभग एक चौथाई भाग उपस्थित रहेको थियो ।
 

यसैबीच, अमेरिकाले अमेरिकी विलयको धम्कीको विरोध गर्दै आठ युरोपेली देशहरूमा १० प्रतिशत कर लगाउने घोषणा गरेको छ । यसले ट्रम्प विरुद्ध ग्रीनल्याण्डको आक्रोशलाई अझ बढाएको छ ।
 

युरोपेली संघका सांसदहरूले अमेरिकासँगको व्यापार सम्झौताको अनुमोदन रोक्ने तयारी गरिरहेका छन् । युरोपेली पिपुल्स पार्टी (इपिपी) का अध्यक्ष म्यानफ्रेड वेबरले ट्रम्पको ग्रीनल्याण्ड धम्कीका कारण अमेरिकासँगको सम्झौतालाई अनुमोदन गर्न असम्भव भएको बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार