आफ्ना नागरिकलाई तुरुन्त भेनेजुएला छोड्न अमेरिकाको आग्रह

२०८२ पुष २७ गते आइतवार
सारांश
  • अमेरिकी विदेश विभागले भेनेजुएलाका मिलिशियाहरूले अमेरिकीहरू र उनीहरूका समर्थकहरूको खोजी गरिरहेको र उनीहरूका सवारी साधनहरूको खोजी गरिरहेको बताएको छ ।

काठमाडौँ: अमेरिकाले आफ्ना नागरिकहरूलाई तुरुन्तै भेनेजुएला छोड्न आग्रह गरेको छ । अमेरिकी विदेश विभागका अनुसार, भेनेजुएलामा सशस्त्र मिलिशियाहरूले नाकाबन्दी लगाएको रिपोर्ट आएको छ ।

 

अमेरिकी विदेश विभागले भेनेजुएलाका मिलिशियाहरूले अमेरिकीहरू र उनीहरूका समर्थकहरूको खोजी गरिरहेको र उनीहरूका सवारी साधनहरूको खोजी गरिरहेको बताएको छ । भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीको एक हप्तापछि यस्तो कदम चालिएको छ । अमेरिकाले भेनेजुएलाका नेता निकोलस मादुरोलाई पक्रुआ गरेर अमेरिका लागेको थियो, जहाँ उनी हतियार र लागूपदार्थको तस्करीको मुद्दाको सामना गरिरहेका छन्।

 

निकोलस मादुरोको सट्टा भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति नियुक्त गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको अन्तरिम सरकारले अमेरिकी समर्थनमा देश चलाएको बताउदै अब केहि समय भेनेजुएला आफुहरुको नियन्त्रणमा हुने बताएका थिए । साथै उनले अब भेनेजुएलामा थप आक्रमणको आवश्यकता नपर्ने बताएका थिए । तर आफ्ना नागरिकहरुलाई फिर्ता बोलाएर अमेरिकाले भेनेजुएलामा थप आक्रमणको संकेत गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार