ट्रम्प र कोलम्बियाली राष्ट्रपति पेट्रोबीच भेटवार्ता हुदै

२०८२ पुष २४ गते विहीवार
सारांश
  • भेनेजुएलामा भएको कारबाहीको केही घण्टापछि ट्रम्पले कोलम्बियाली राष्ट्रपति पेट्रोलाई 'आफ्नो ज्यान जोगाउन भाग्न' चेतावनी दिएको केही दिनपछि उनलाई भेट्ने बताएका हुन् ।

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोसँग भेट्ने बताएका छन् ।

 

भेनेजुएलामा भएको कारबाहीको केही घण्टापछि ट्रम्पले कोलम्बियाली राष्ट्रपति पेट्रोलाई 'आफ्नो ज्यान जोगाउन भाग्न' चेतावनी दिएको केही दिनपछि उनलाई भेट्ने बताएका हुन् ।

 

यसअघि अमेरिकाले शनिबार राति भेनेजुएलाको राजधानी काराकसमा आक्रमण गरेको थियो र राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेर अमेरिका लागेको थियो ।

 

भेनेजुएलाका गृहमन्त्री डिओसडाडो कुएलोले कारबाहीमा मारिएकाहरूको संख्या पहिले रिपोर्ट गरिएको भन्दा बढी छ र अब १०० भन्दा बढी रहेको छ ।

 

स्थानीय मिडिया रिपोर्टहरूले पहिले अमेरिकी सेनाले मादुरोको परिसरमा आक्रमण गर्दा २३ भेनेजुएली र ३२ क्युबाली सैनिक मारिएको बताएका थिए ।

 

ट्रम्पले कुराकानीको क्रममा पेट्रोले 'लागुऔषधको अवस्था र अन्य विवादका विषय उठाएका थिए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार