३५ वर्षपछि दोहोरिएको इतिहास: पानामाका नोरिएगाकै शैलीमा भेनेजुएलाका मादुरो अमेरिकी कब्जामा
२०८२ पुष २० आइतवार
- पानामाको तानाशाह म्यानुएल नोरिएगालाई गिरफ्तार गर्दा अमेरिकामा रिपब्लिकन पार्टीकै सरकार थियो, भने राष्ट्रपती जर्ज डब्लु बुस थिए।
विश्व राजनीतिमा एउटा यस्तो अच्चमको संयोग र ऐतिहासिक घटना घटेको छ, जसले ३५ वर्ष पुरानो इतिहासलाई ताजा बनाइदिएको छ। ३ जनवरी १९९० मा पानामाका तानाशाह म्यानुएल नोरिएगालाई पक्राउ गरेको ठ्याक्कै ३५ वर्षपछि, सोही मिति अर्थात् ३ जनवरी २०२६ मा अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई एक नाटकीय सैन्य अपरेसनमार्फत गिरफ्तार गरिएको छ।
रोचक संयोग: मिति एउटै, शैली उस्तै
३५ वर्ष अगाडि सन् १९९० जनवरी ३ मा अमेरिकी सेनाले पानामामा 'अपरेसन जस्ट कज' मार्फत म्यानुएल नोरिएगालाई आत्मसमर्पण गर्न बाध्य पारेको थियो। हिजो २०२६ जनवरी ३ को मिरमिरे बिहानै, अमेरिकी 'डेल्टा फोर्स' ले भेनेजुएलाको राजधानी क्याराकासमा भीषण आक्रमण गरी मादुरोलाई नियन्त्रणमा लिएको छ।
दुवै नेताहरूमाथि अमेरिकाले लगाएको मुख्य आरोप एउटै थियो— 'लागुऔषध तस्करी'। नोरिएगालाई पानामाबाट फ्लोरिडा लगिएको थियो भने मादुरोलाई हाल न्युयोर्क लगिएको छ।
पानामाको तानाशाह म्यानुएल नोरिएगालाई गिरफ्तार गर्दा अमेरिकामा रिपब्लिकन पार्टीकै सरकार थियो, भने राष्ट्रपती जर्ज डब्लु बुस थिए। यतिबेला भेनेजुएलाका तानाशाही शासक मुदुरोको गिरफ्तार हुँदा पनि अमेरिकामा रिपब्लिकन पार्टीकै सरकार छ र राष्ट्रपती डोनाल्ड ट्रंप छन्।
२ हप्ता भर्सेस साढे ३ घण्टा: फेरिएको सैन्य शक्ति
३५ वर्षको अन्तरालमा प्रविधिको विकास र अमेरिकी सैन्य क्षमता कति बलियो भएको छ भन्ने कुरा यस अपरेसनले स्पष्ट पारेको छ।
सन् १९९० मा म्यानुएल नोरिएगालाई पक्राउ गर्न अमेरिकी सेनालाई करिब २ हप्ता लागेको थियो र लामो समय घेराबन्दी गर्नुपरेको थियो।
तर, सन् २०२६ मा निकोलस मादुरोलाई पक्राउ गर्न यो 'सर्जिकल स्ट्राइक' मात्र ३.५ घण्टामा सम्पन्न भयो। क्याराकासका मुख्य सैन्य अखडा र सञ्चार केन्द्रहरूमा केही घण्टाको बमबारीपछि नै मादुरो अमेरिकी सैनिकको कब्जामा परे।
को थिए नोरिएगा र को हुन् मादुरो?
म्यानुएल नोरिएगा सन् १९८३ देखि १९८९ सम्म पानामाका सैन्य तानाशाह थिए, जसले सुरुमा अमेरिकालाई सहयोग गरे पनि पछि लागुऔषध तस्करीमा लागेका थिए। अर्कोतर्फ, निकोलस मादुरो सन् २०१३ देखि भेनेजुएलाको सत्तामा छन्, जसमाथि अमेरिकाले 'नार्को-टेररिज्म' र लोकतन्त्र दमनको आरोप लगाउँदै आएको छ।
अमेरिकी राष्ट्रपतिको प्रतिक्रिया
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यस सफलताको घोषणा गर्दै यसलाई 'ऐतिहासिक न्याय' भनेका छन्। उनले ३५ वर्षअघिको नोरिएगाको प्रसङ्ग निकाल्दै भने, "३ जनवरी सधैँ तानाशाहहरूको अन्त्य र न्यायको सुरुवातको दिनका रूपमा चिनिनेछ।"
क्षेत्रीय असर र भविष्य
३५ वर्षअघि नोरिएगाको पक्राउपछि पानामामा लोकतन्त्र बहाली भएको थियो। अब मादुरोको गिरफ्तारीपछि भेनेजुएलामा के होला? यो प्रश्नले अहिले विश्वभरि नै चर्चा पाएको छ। रुस, चीन र इरान जस्ता देशहरूले यसको कडा विरोध गरेका छन् भने ल्याटिन अमेरिकाका केही देशहरूले यसलाई नयाँ युगको सुरुवात मानेका छन्।
३५ वर्षको यो अन्तरालमा घटेको यो "अच्चमको संयोग" ले विश्व राजनीतिमा अमेरिकाको अझै पनि कडा प्रभाव रहेको र 'लागुऔषध तस्करी' विरुद्ध उसले जस्तोसुकै कडा कदम चाल्न सक्छ भन्ने सन्देश दिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।