मादुरोलाई न्यूयोर्क लगिने, कब्जामा लिन डेल्टा फोर्सले गरेको थियो अप्रेशन

२०८२ पुष १९ शनिवार
सारांश
  • अमेरिकी सेनाले छापा मार्ने क्रममा उनीहरूको बेडरुमबाट घिसारेर लगेको मिडिया रिपोर्टमा उल्लेख छ ।

काठमाडौँ: भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई न्यूयोर्क लैजाने बताइएको छ ।

 

अमेरिकी मिडिया सीएनएनका अनुसार मादुरोलाई उनको निवासबाटै आफ्नो कब्जामा लिएको अमेरिकी डेल्टा फोर्सले उनलाई न्यूयोर्क लगेर म्यानहट्टन संघीय अदालतमा पेश गर्ने बताइएको छ ।

 

यसअघि एलिट डेल्टा फोर्सले मादुरो र उनकी श्रीमतीलाई उनीहरूको बेडरुमबाट लगिएको थियो । अमेरिकी सेनाले छापा मार्ने क्रममा उनीहरूको बेडरुमबाट घिसारेर लगेको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

अमेरिकी कानून प्रवर्तन अधिकारीहरूका अनुसार अमेरिकी औषधि प्रवर्तन प्रशासनले भेनेजुएलामा मादुरो र केही शीर्ष सैन्य नेताहरूमाथि अभियोग लगाउन वर्षौंदेखि काम गरिरहेको छ । त्यो काम सार्वजनिक गरिने आरोपहरूको आधार बन्ने अपेक्षा गरिएको छ ।

 

अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले भेनेजुएलामा पक्राउ परेपछि मादुरोले अमेरिकी अदालतहरूमा अमेरिकी भूमिमा चाँडै अमेरिकी न्यायको पूर्ण क्रोधको सामना गर्ने बताएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार