नाइजेरियामा आइएसआइएसको केन्द्रमा अमेरिकाको हवाई आक्रमण
२०८२ पुष ११ शुक्रवार
- राष्ट्रपति डोनाल्ड ट्रम्पले आइएसआइएसले त्यहाँ क्रिश्चियनहरूलाई क्रूरतापूर्वक लक्षित गरी मारिरहेको आरोप लगाएका छन् ।
एजेन्सी, ११ पुष । अमेरिकाले नाइजेरियामा आइएसआइएसको निशानामा हवाई आक्रमण गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आइएसआइएसले त्यहाँ क्रिश्चियनहरूलाई क्रूरतापूर्वक लक्षित गरी मारिरहेको आरोप लगाएका छन् ।
उनले आइएसआइएस आतंककारीले लामो समयदेखि निर्दोष क्रिश्चियनहरूलाई मार्दै आएकोले अमेरिकी सेनाले यस कारबाहीमा धेरै सटीक हमलाहरू गरेको बताएका छन् ।
ट्रम्पले अमेरिकाले 'कट्टरपन्थी इस्लामिक आतंकवादलाई फस्टाउन नदिने बताएका छन् । ट्रम्पले सेनाको प्रशंसा गर्दै रक्षा मन्त्रालयलाई युद्ध विभाग भनेर सम्बोधन गर्दै अमेरिकाले मात्र यस्तो सटीक कारबाही गर्न सक्ने बताएका छन् ।
नागरिक स्वतन्त्रता र कानूनको शासनको लागि अन्तर्राष्ट्रिय समाजको रिपोर्ट अनुसार, धार्मिक हिंसा बढ्दै जाँदा जनवरी र अगस्ट १० बीच नाइजेरियामा ७ हजार भन्दा बढी क्रिश्चियनहरू मारिएका छन् । यी हत्याका लागि बोको हराम र फुलानी समूह जस्ता आतंकवादी समूहहरू जिम्मेवार छन् ।
ट्रम्पले यसअघि नोभेम्बर २ मा नाइजेरियालाई कडा चेतावनी दिएका थिए । उनले यदि नाइजेरियामा क्रिश्चियनहरूमाथि हुने हत्या र आक्रमणहरू रोकिएन भने, अमेरिकाले नाइजेरियाली सरकारलाई दिइने सबै आर्थिक र सैन्य सहायता तुरुन्तै निलम्बन गर्नेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।