- इथियोपियाको उच्च सम्मान प्राप्त गर्ने मोदी पहिलो विश्वव्यापी नेता बनेका छन् । मोदीलाई इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीले राष्ट्रिय दरबारमा औपचारिक स्वागत गर्दै दुई नेताहरूले द्विपक्षीय बैठक गरेका थिए ।
काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इथियोपियालाई आफ्नो सर्वोच्च सम्मान प्रदान गरेको छ ।
इथियोपियाको उच्च सम्मान प्राप्त गर्ने मोदी पहिलो विश्वव्यापी नेता बनेका छन् । मोदीलाई इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीले राष्ट्रिय दरबारमा औपचारिक स्वागत गर्दै दुई नेताहरूले द्विपक्षीय बैठक गरेका थिए ।
मोदीको यो इथियोपियाको पहिलो भ्रमण हो । इथियोपियाका प्रधानमन्त्री अहमद अलीले आदिस अबाबा विमानस्थलमा प्रधानमन्त्री मोदीलाई स्वागत गरेका थिए । विमानस्थलमा दुई नेताहरूले अनौपचारिक कुराकानी गरेका थिए ।
इथोपियामा विदेशी लगानी पनि द्रुत गतिमा बढिरहेको र भारत सबैभन्दा ठूलो लगानीकर्ताको रूपमा रहेको छ । ६१५ भन्दा बढी भारतीय कम्पनीहरूले इथियोपियामा लगानी गरिरहेका छन् । बैठकको क्रममा मोदीले इथियोपियाली विद्यार्थीहरूको लागि छात्रवृत्ति दोब्बर गर्ने घोषणा गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’