ट्रम्पको निशानामा युरोपका नेताहरु

२०८२ मङ्सिर २४ बुधवार
सारांश
  • आप्रवासन नियन्त्रण गर्न सकेका छन् न त रूससँग चलिरहेको युद्ध अन्त्य गर्न ठोस कदम चाल्न सकेको बताए ।

काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक युरोपेली देशहरूको कडा आलोचना गरेका छन् । उनले युरोपेली नेताहरूलाई कमजोर भन्दै अमेरिकाले युक्रेनलाई दिएको समर्थन घटाउन सक्ने संकेत पनि दिएका छन् ।

 

पोलिटिकोसँगको एक अन्तर्वार्तामा ट्रम्पले युरोपका नेताहरुले आफ्नो महत्व गुमाउँदै गएको आरप लगाउदै उनीहरुले न त आप्रवासन नियन्त्रण गर्न सकेका छन् न त रूससँग चलिरहेको युद्ध अन्त्य गर्न ठोस कदम चाल्न सकेको बताए ।

 

उनले युरोपेली देशहरूलाई युक्रेनलाई अन्तिम साससम्म लड्न अनुमति दिएको आरोप लगाए । युरोपेली नेताहरूले युद्ध अन्त्य गर्ने अमेरिकी नेतृत्वको प्रयासमा आफ्नो भूमिका निर्धारण गर्न खोजिरहेको बताउदै ट्रम्पले द्रुत समाधानले महादेशको दीर्घकालीन हितलाई हानि पुर्‍याउन सक्छ भन्ने डर उनीहरुलाई भएको टिप्पणी गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार