नेतन्याहूले भ्रष्टाचारको आरोपमा आममाफी माग्दै राष्ट्रपतिलाई लेखे पत्र

२०८२ मङ्सिर १५ सोमवार
सारांश
  • इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले राष्ट्रपति आइज्याक हर्जोगसँग औपचारिक रूपमा माफीको लागि अनुरोध गर्दै पत्र लेखेका छन् ।

एजेन्सी, १५ मङ्सिर । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले राष्ट्रपति आइज्याक हर्जोगसँग औपचारिक रूपमा माफीको लागि अनुरोध गर्दै पत्र लेखेका छन् ।

 

राष्ट्रपतिको कार्यालयले राष्ट्रपति आइज्याक हर्जोगले यो 'असाधारण अनुरोध' लाई विचार गर्नु अघि न्याय अधिकारीहरूको राय लिने जानकारी दिदै यो कदमले महत्वपूर्ण परिणामहरू निम्त्याउन सक्ने बताएको छ ।

 

विगत पाँच वर्षदेखि, नेतन्याहू तीन अलग-अलग मुद्दाहरूमा मुद्दाको सामना गरिरहेका छन् । उनीमाथि घूसखोरी, धोखाधडी र विश्वास उल्लंघनको आरोप छ । उनले आरोपहरू अस्वीकार गर्छन् । एक भिडियो सन्देशमा, नेतन्याहूले हमाससँगको युद्धलाई उल्लेख गर्दै उनी कानुनी प्रक्रिया निष्कर्षमा पुग्न चाहेको तर राष्ट्रिय हितले अन्यथा माग गरेको बताएका छन् ।

 

यस महिनाको सुरुमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली राष्ट्रपति हर्जोगलाई नेतान्याहूलाई 'पूर्ण माफी' दिन अपील गरेका थिए । इजरायल पुगेर संसदमा सम्बोधन गर्दै सो आग्रह गरेका थिए । त्यतिबेला, हर्जोगले माफीको लागि औपचारिक अनुरोध आवश्यक रहेको बताएका थिए ।

 

आइतबार, राष्ट्रपति कार्यालयले नेतान्याहूको अनुरोधको घोषणा गर्‍यो र उनको पत्र जारी गर्‍यो, जसमा घटनाको 'गम्भीरता र प्रभाव' का कारण यो निर्णय गरिएको हो ।

 

राष्ट्रपति कार्यालयले राष्ट्रपतिले कहिले निर्णय लिनेछन् भन्ने कुरा अहिलेसम्म बताएको छैन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार