चक्रवातपछि आएको बर्षा र बाढीबाट इन्डोनेसियामा ४०० भन्दा बढीको मृत्यु
२०८२ मङ्सिर १५ सोमवार
- इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गरेका छन् ।
काठमाडौँ : चक्रवातका कारण भएको भारी वर्षाका कारण इन्डोनेसियामा मृत्यु हुनेको संख्या ४०० भन्दा बढी पुगेको छ ।
इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गरेका छन् । अझै पनि धेरै क्षेत्रहरू अझै पनि प्रमुख शहरहरूबाट विद्युत लाइन काटिएको छ र केही क्षेत्रहरू पाँच दिनदेखि मोबाइल सिग्नलविहीन छन् ।
उष्णकटिबंधीय आँधी कोटो भियतनाम नजिकै जमिनमा आएपछि थप तीन जनाको मृत्यु भएको छ ।
गत महिनाको सुरुमा भियतनामले दिनभरि भारी वर्षाको अनुभव गरेको थियो जसमा कम्तिमा ९० जनाको मृत्यु भएको थियो । त्यस्तै थाइल्याण्डमा १७० र मलेसियामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ ।
नोभेम्बरको सुरुमा फिलिपिन्समा आएको आँधीमा ३०० जनाको मृत्यु भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’