विदेशी नागरिकलाई शरण दिने सम्बन्धि सबै निर्णयमा अमेरिकाको रोक

२०८२ मङ्सिर १३ शनिवार
सारांश
  • अमेरिकी नागरिकता र आप्रवासन सेवाका निर्देशक जोसेफ एडलोले प्रत्येक विदेशी नागरिकले सबैभन्दा गहन जाँच शुरु गरेको र सुनिश्चित नभएसम्म यो रोक कायम रहने बताएका छन् ।

काठमाडौँ : अमेरिकाले विदेशी नागरिकहरूको लागि सबै शरण दिने सम्बन्धि निर्णयहरूमा रोक लगाउने घोषणा गरेको छ ।
 

अमेरिकी नागरिकता र आप्रवासन सेवाका निर्देशक जोसेफ एडलोले प्रत्येक विदेशी नागरिकले सबैभन्दा गहन जाँच शुरु गरेको र सुनिश्चित नभएसम्म यो रोक कायम रहने बताएका छन् ।
 

बुधबार, वाशिंगटन, डीसीमा ह्वाइट हाउसबाट केही ब्लक टाढा दुई राष्ट्रिय गार्ड सदस्यहरूलाई गोली हानी मारिएको थियो, गम्भीर घाइते भएका दुई गार्डमध्ये एकको मृत्यु भएको छ ।
 

यस मुद्दामा एक अफगानी नागरिकलाई संदिग्धको रूपमा पक्राउ गरिएको छ र उनी हिरासतमा छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो विश्व देशहरूबाट मानिसहरूलाई अमेरिका प्रवेश गर्न रोक्ने बताएको केही घण्टापछि जोसेफ एडलोले यो शरण घोषणा गरेका हुन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार