- श्रीलंकामा हालैका वर्षहरूमा भएको सबैभन्दा गम्भीर मौसम-सम्बन्धित प्रकोपहरू मध्ये एक भनिएको छ ।
काठमाडौं: भारतले श्रीलंकाका बाढी प्रभावितलाई सहयोग पठाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चक्रवात दित्वावाका कारण आफ्ना प्रियजन गुमाएका श्रीलंकाका जनताप्रति समवेदना व्यक्त गर्दौ मानवीय सहयोगको घोषणा गरेका छन् ।
प्रधानमन्त्री मोदीले भनेका छन्- 'म सबै प्रभावित परिवारहरूप्रति समवेदना व्यक्त गर्दछु, उनीहरूको सुरक्षा र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । हाम्रो छिमेकी देशसँगको ऐक्यबद्धतामा, भारतले अपरेशन सागर बन्धु अन्तर्गत तत्काल राहत सामग्री र आवश्यक मानवीय सहयोग पठाएको छ । परिस्थिति विकसित हुँदै जाँदा हामी थप सहयोग पठाउन तयार छौं । भारतको छिमेकी पहिलो नीति र दृष्टिकोणलाई ध्यानमा राख्दै, भारत संकटको यस घडीमा श्रीलंकाको साथ दृढतापूर्वक उभिएको छ ।'
यस हप्ता श्रीलंकामा वर्षाले निम्त्याएको बाढी र पहिरोले विनाश निम्त्याएको छ । अहिलेसम्म कम्तिमा ५६ जनाको मृत्यु भएको छ र २१ जना बेपत्ता रहेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । यसलाई श्रीलंकामा हालैका वर्षहरूमा भएको सबैभन्दा गम्भीर मौसम-सम्बन्धित प्रकोपहरू मध्ये एक भनिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’