अमेरिकाले स्थगित गर्यो अफगानी नागरिकहरूको आप्रवासन अनुरोध
२०८२ मङ्सिर ११ विहिवार
- अमेरिकी नागरिकता र आप्रवासन सेवाले 'सुरक्षा र जाँच प्रोटोकल' को समीक्षा नभएसम्म यो निर्णय गरिएको बताएको छ । यसअघि, राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणलाई 'आतंकवादी कार्य' बताएका थिए ।
काठमाडौँ : अमेरिकाले अफगानी नागरिकहरूको लागि सबै आप्रवासन अनुरोध स्थगित गरेको छ । वाशिंगटन डिसीस्थित ह्वाइट हाउस नजिकै भएको गोलीकाण्डमा दुई राष्ट्रिय गार्ड सदस्य गम्भीर घाइते भएपछि अमेरिकाले यस्तो कदम चालेको हो । घटनामा संलग्न संदिग्धलाई अफगान नागरिकको रूपमा पहिचान गरिएको थियो ।
अमेरिकी नागरिकता र आप्रवासन सेवाले 'सुरक्षा र जाँच प्रोटोकल' को समीक्षा नभएसम्म यो निर्णय गरिएको बताएको छ । यसअघि, राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणलाई 'आतंकवादी कार्य' बताएका थिए ।
होमल्याण्ड सेक्युरिटीद्वारा जारी विज्ञप्तिमा संदिग्धलाई रहमानउल्लाह लकनवालको रूपमा पहिचान गरिएको छ र उनलाई अफगानिस्तानबाट आएको एक आपराधिक आप्रवासी भनेर वर्णन गरिएको छ । विज्ञप्ति अनुसार, अमेरिकाले २०२१ मा अफगानिस्तानबाट सैन्य फिर्ता पछि अपरेशन एलाइज वेलकम अन्तर्गत हजारौं अफगानीहरूलाई अमेरिका लागेको थियो ।
यो कार्यक्रम पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकालमा लागू गरिएको थियो । २९ वर्षीय रहमानउल्लाह सेप्टेम्बर २०२१ मा यस कार्यक्रम अन्तर्गत अफगानिस्तानबाट अमेरिका आएका थिए ।
गोलीबारी पछि, ट्रम्पले अमेरिकाले जो बाइडेनको नेतृत्वमा अफगानिस्तानबाट आउने प्रत्येक आप्रवासीको पुन: जाँच गर्नुपर्ने बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’