ट्रम्प र ममदानी भेट: मतभेद बिर्सेर न्यूयोर्कको राम्रोको लागि मिलेर काम गर्ने प्रतिबद्धता
२०८२ मङ्सिर ०६ आइतवार
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्यूयोर्क शहरका मेयर-निर्वाचित जोहरन ममदानीबीचको ओभल अफिसमा भएको पहिलो भेटले सबैलाई आश्चर्य बनाएको छ ।
एजेन्सी, ६ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्यूयोर्क शहरका मेयर-निर्वाचित जोहरन ममदानीबीचको ओभल अफिसमा भएको पहिलो भेटले सबैलाई आश्चर्य बनाएको छ ।
निर्वाचनको समयमा दुई नेताहरूले एकअर्कामाथि तीव्र राजनीतिक आक्रमण गरेका थिए, तर बैठकमा उनीहरूले शहरको बढ्दो मुद्रास्फीति, भाडा र दैनिक खर्च विरुद्ध संयुक्त कारबाही गर्नुपर्ने आवश्यकतामा जोड दिए र मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेपछि सबै आश्चर्यमा परेका छन् ।
राष्ट्रपति ट्रम्पले बैठक पछिको पत्रकार सम्मेलनमा न्यूयोर्कलाई सुरक्षित र बलियो बनाउन मद्दत गर्ने र आफ्ना धेरै एजेण्डा ममदानीको एजेण्डासँग मिल्ने बताए । उनले आफुले न्यूयोर्कको राम्रोको लागि मिलेर काम गर्ने र पुरा सहयोग गर्ने बताए ।
त्यस्तै ममदानीले राष्ट्रपति ट्रम्पसँग धेरै मतभेद रहेपनि यस भेटमा आफुहरुबीच भएका सहमतिका विषयमा मिलेर काम गर्ने विषयमा छलफल भएको बताए ।
राजनीतिक द्वन्द्व, साझेदारीका मुद्दाहरूमा ट्रम्पले पहिले ममदानीलाई 'कम्युनिस्ट पागल' जस्ता शब्दले आक्रमण गरेका थिए भने ममदानीले ट्रम्प प्रशासनलाई 'अधिनायकवादी' र आफूलाई 'ट्रम्पको सबैभन्दा ठूलो शत्रु' पनि भनेका थिए ।
यसको बावजुद, दुई नेताहरूले आवास पहुँच र न्युयोर्कको बढ्दो महंगी घटाउने विषयमा छलफल गरेको बताएका छन् ।
खासगरी पत्रकार सम्मेलन शान्त र दुवैले शहरमा आवास निर्माण बढाउने, भाडा नियन्त्रण गर्ने र दैनिक मूल्य घटाउने जस्ता मुद्दाहरूको बारेमा कुरा गरेका थिए । ट्रम्पले भने- 'मानिसहरू छक्क पर्छन्, तर हामी दुवैले धेरै आर्थिक मुद्दाहरूको बारेमा एउटै दिशामा सोच्दछौं ।'
ट्रम्प र मम्मदानी दुवैले मुद्रास्फीति र बढ्दो दैनिक मूल्यलाई आ-आफ्नो चुनावी जितमा मुख्य मुद्दा बनाए । यसरी, यो बैठक दुवैका लागि राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको थियो । ट्रम्पले राष्ट्रिय स्तरमा मुद्रास्फीतिलाई जोड दिइरहेका छन् र ममदानीले न्युयोर्कको महंगी घटाउने विषयलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।